site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपेन्द्र यादवको पार्टी अब प्रतिपक्ष
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुख देवराज घिमिरेलाई जानकारी गराइएको छ । उक्त पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सोमबार सभामुखलाई बुझाएको पत्रमा आफूहरू अब प्रतिपक्षमा बस्ने उल्लेख छ ।

नेपालको संविधानको धारा ७६ (२) बमोजिम गठित वर्तमान सरकारलाई उक्त पार्टीले समर्थन गरेको थियो । सरकारमा समेत जसपा, नेपालको सहभागिता थियो । समर्थन फिर्ता लिई सरकारबाट पनि बाहिरिएको यादवले सभामुखलाई जानकारी गराएका छन् ।

Argakhachi Cement Island Ad

“उपरोक्त सम्बन्धमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेपालको संविधानको धारा ७६ (२) बमोजिम गठन भएको सरकारलाई जनता समाजवादी पार्टी, नेपालले समर्थन गरी सरकारमा समेत सहभागी रहेकोमा अबउप्रान्त सरकारलाई दिइएको समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएकोले संसद्‌मा प्रतिपक्षमा नै बसी आफ्नो रचनात्मक भूमिका निर्वाह गर्ने बेहोरा जानकारीको लागि अनुरोध छ,” उक्त पत्रमा उल्लेख छ ।

हालै टुक्रिएपछि प्रतिनिधिसभामा जसपा, नेपालका पाँच सांसद छन् । विभाजित अशोक राई नेतृत्वको जसपामा सात सांसद आबद्ध छन् ।

afdagf-1715599309.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्