site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यसै हप्ता सरकार विस्तार : मुख्यमन्त्री कार्की
फाइल तस्बिर ।

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्ता सरकार विस्तार गरिने बताएका छन् । सोमबार कोसी प्रदेशसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

सरकार विस्तारबारे केही सैद्धान्तिक कुरा भइसकेको उनले उल्लेख गरे । त्यसकै आधारमा यही हप्ता सरकार विस्तार गरिने उनले बताए । ‘केही “सैद्धान्तिक कुराहरू हामीले गरेका छौँ । यसको आधारमा अब हामी एकदुई दिनभित्र सबै कुरा टुंग्याएर ढिलोमा पनि यो हप्ताभित्र सरकार विस्तार गरिसक्छौँ,” उनले भने ।

कार्कीले ५७ मत प्राप्त गरे । प्रदेशसभा बैठकमा उपस्थित ६२ सांसदमध्ये ५७ जनाले उनलाई समर्थन गरेका हुन् । नेकपा (एमाले)का ४०, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का तीन र जसपाका एक सांसदले उनलाई समर्थन गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच सांसद तटस्थ रहे ।

बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्ने कि राजीनामा दिनुपर्ने वा अर्को सरकार बनेपछि स्वीकार्नुपर्ने विषयमा आफूहरू स्पष्ट रहेको उनले बताए ।

“जसपाले पक्षमा रहेर र नेकपा (एस)ले विपक्षमा रहेर हामीलाई समर्थन गरेको छ । जसपाको सनाखत भइरहेको छ, निर्वाचन आयोगले दिएको सनाखतको समयपछि हामी बाँकी कुरा अघि बढाउनेछौँ । नेकपा (एकीकृत समाजवादी)को भने विपक्षमा समर्थन छ । त्यहीअनुसार अघि बढ्नेछौँ,” उनले भने, “समयक्रममा सबैको सरकार बन्न पनि सक्छ । बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्छ कि राजीनामा दिनुपर्छ । कि अर्को सरकार बनेपछि स्वीकार्नुपर्छ । यसमा हामी स्पष्ट छौँ ।”

सर्वोच्च अदालतले भविष्यमा गर्ने कुनै पनि फैसला आफूहरूले मान्ने उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro