site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शुभकामना मन्तव्य राख्न नदिई ‘हतारमा विश्वासको मत’ 
SkywellSkywell

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार विश्वासको मत प्राप्त गरे । तर, प्रदेशसभाको पाँचौँ अर्थात् बजेट अधिवेशन उद्घाटनको दिन सामान्य औपचारिकतालाई समेत ध्यान दिइएन । हतारमा बैठक सञ्चालन गरियो ।

सोमबार बिहान ११ बजे बस्ने गरी तय गरिएको बैठक सुरु हुने जनाउ घण्टी दिउँसो १ बजेर ५५ मिनेटमा मात्र लगाइयो । त्यति बेलासम्म नेपाली कांग्रेस कोसी संसदीय दलको बैठक जारी थियो ।

तोकिएको समयको दुई घण्टाभित्र बैठकको कारबाही सुरु गरिसक्नुपर्ने व्यवस्था छ । नभए सूचना जारी गरेर बैठकको समय सार्ने वा स्थगित गर्नुपर्ने हुन्छ । त्यसैले बैठक सुरु गर्न प्रदेशसभा सचिवालयलाई हतार थियो । त्योभन्दा धेरै हतारमा देखिन्थे, मुख्यमन्त्री हिक्मत कार्की । सोमबारै विश्वासको मत लिन उनले तीन दिनअघि सचिवालयमा सूचना दर्ता गराएका थिए ।

KFC Island Ad
NIC Asia

बजेट अधिवेशनको उद्घाटन भए पनि सभामुख अम्मरबहादुर विष्टले दलका नेतालाई शुभकामना मन्तव्यका निम्ति समय दिएनन् । अधिवेशन उद्घाटनका दिन दलीय आधारमा बोल्न समय उपलब्ध गराउने संसदीय परम्परा छ । बरु, नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन राखेको प्रस्तावमाथिको छलफल उनले सोझै सुरु गरिदिए ।

कार्कीले विश्वासको मत दिन प्रस्ताव गरे । त्यसपछि छलफल सुरु भयो । नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य कमल जबेगुले बजेट अधिवेशन आरम्भको दिन भए पनि फरक ढंगले सभा सञ्चालन गरिएको बताए ।

उनले भने, “अधिवेशन सुरु भएको दिन हामी विश्वासको मत दिने प्रयोजनमा छौँ । मुख्यमन्त्री अलि नहतारिएको भए पनि हुने थियो । अलि हतार भएजस्तो भयो ।”

अरू दलका नेताले पनि अधिवेशन उद्घाटनका अवसरमा शुभकामना दिएनन्, विश्वास मतको प्रस्तावबारे नै बोले । नेकपा (माओवादी केन्द्र) कोसी संसदीय दलका नेता इन्द्र आङ्बो, नेकपा (एमाले)का प्रमुख सचेतक रेवतीरमण भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भक्तिप्रसाद सिटौलाले आफ्नो भनाइ राखे ।

यो सम्पूर्ण प्रक्रियामा कांगेसका सांसद सहभागी भएनन् । कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला बजेट अधिवेशन उद्घाटनको सामान्य थिति समेत ख्याल नगरी सञ्चालित बैठकमा आफूहरू सहभागी नभएको बताए । उनले भने, “मुद्दा किनारा नलागेको अवस्थामा विश्वासको मत लिने काम भएको छ ।”

आफ्नो प्रस्तावमाथि उठाइएका जिज्ञासाको जवाफ दिने क्रममा मुख्यमन्त्री कार्कीले प्रक्रियामा सामेल नभएर कांग्रेसले ठूलो संसदीय अवसर गुमाएको बताए । उनले भने, “सर्वोच्चले गर्ने फैसला हामीलाई मान्य हुनेछ । तर, प्रदेशसभा हामी सबैले उठाउने विषयको मूल थलो हो ।”

यसअघि, कांग्रेसका केदार कार्की नेतृत्वको पूर्ववर्ती सरकारलाई विस्थापित गर्ने उद्देश्यले एमाले–माओवादीको अग्रसरतामा वैशाख ७ गते प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित गरिएको थियो । त्यसानुसार तत्कालीन मुख्यमन्त्री केदार कार्कीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने थियो । त्यसको जानकारी प्रदेश प्रमुखलाई गराइयो ।

तर, केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गठित सरकारले विश्वासको मत पाएपछि दुई वर्षसम्म फेरि लिनु नपर्ने जिकिर गरे । उनले विश्वासको मत लिएनन् । राजीनामा पनि दिएनन् ।

त्यसपछि उनले नयाँ सरकार गठन प्रक्रिया खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरे । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले पूर्ण इजलासमा छलफल गर्ने आदेश गरेको छ । सर्वोच्चले मूलतः पाँच प्रश्न गरेको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नै हिक्मत कार्कीलाई वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro