site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसदीय समिति गठनको विषयमा सत्तारूढ दलभित्र छलफल हुँदै
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । चितवनको कार्यक्रममा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फर्किएपछि सत्ता गठबन्धनको बैठक बस्ने तयारी गरेको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री आइसकेपछि बैठक बस्ने तयारी भएको हो । 

बैठकमा विशेषगरी प्रमुख प्रतिपक्ष दलले माग गरेको संसदीय छानबिन समिति गठनको विषयमा छलफल हुने सचिवालयले जनाएको छ । कांग्रेसले समिति नबने भोलि सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने निर्णय नै गरिसकेको छ ।  

KFC Island Ad
NIC Asia

चितवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सदनको गतिरोध अन्त्य गर्न दलहरूबीच आज सघन छलफल हुने बताएका छन् । “उहाँ ३ बजे आउने कुरा थियो । तर, अझै उतै हुनुहुन्छ । उहाँ आएपछि साँझ बैठक बस्ने कुरा छ,” एक सदस्यले भने । 

सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिको माग भएको हो । पोखरा, बुटवललगायतबाट प्राप्त प्रतिवेदनहरूले समितिको औचित्य र आवश्यकता पुष्टि भएको भन्दै कांग्रेसले जुनसुकै हालतमा समिति बनाउनुपर्ने माग गरिरहेको छ । उसले सदन बैठक चल्न दिएको छैन । 

Royal Enfield Island Ad

हिजो (आइतबार)मात्र कांग्रेस नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर भेट र छलफल गरेका थिए । प्रधानमन्त्रीले अन्य दलसँग संवाद गरेपछि आफू निर्णयमा पुग्ने प्रतिबद्धता जनाएका थिए । कांग्रेसले पनि समिति नबने सदन मात्र होइन नीति तथा कार्यक्रम नै प्रस्तुत गर्न नदिने चेतावनी दिइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro