site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कानुन नै नभएका बेला पार्टी फुटाइदिएको भन्दै निर्वाचन आयोगविरुद्ध उपेन्द्रको सर्वोच्चमा रिट
Tiktok banner adTiktok banner ad

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन आयोगले दलकाे न्युनतम सर्त र प्रक्रिया समेत पूरा नगरी राजनीतिक आग्रहका आधारमा दल विभाजित गरिदिएको यादवको दाबी छ । 

सर्वोच्च अदालतले यादवको रिटलाई आगामी जेठ २ गते पेसी तोकेको छ । उपेन्द्र यादव स्वास्थ्यमन्त्रीको हैसियतमा अमेरिका भ्रमणमा रहेका बेला पार्टीमा दोस्रो तहका नेता अशोक राईले आफ्नाे नेतृत्वमा सात सांसद लिएर निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।

निवेदन दिएको भोलिपल्ट नै आयोगले राई नेतृत्वको समूहलाई जसपा नामसहित दलीय मान्यता प्रदान गरेको थियो । कानुन नै नभएको समयमा दल विभाजन हुन नसक्ने बताएका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अर्को दिन दल दर्ताको प्रमाणपत्र दिएका थिए । 

राजनीतिक दलसम्बन्धी नियमावलीका आधारमा नयाँ दललाई मान्यता दिएको निर्वाचन आयोगले जनाएको छ । ऐन नै नभएका बेला नियमावली देखाएर दल विभाजन गर्न नपाइने भन्दै आएका यादवले त्यसविरुद्ध साेमबार सर्वाेच्चमा रिट दायर गरेका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro