site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनको मिसाइलबाट १५ रुसीको मृत्यु, भन्यो– आवासीय क्षेत्रमा आतंककारी आक्रमण

मस्को । युक्रेनले प्रहार गरेको मिसाइललाई रुसले जमिनमा गिराउने क्रममा त्यसका टुक्रा आइतबार रुसको बेलगोरोडस्थित एक अपार्टमेन्टमा खस्दा १५ जनाको मृत्यु भएको छ । २० जना घाइते छन् ।

रुसी अधिकारीका अनुसार, युक्रेनले अहिलेसम्म गरेको सबैभन्दा घातक उक्त आक्रमण हो । त्यसमा टोच्का बलिस्टिक मिसाइल तथा अड्लर र आरएम–७० भम्पायर समेत सामेल थिए ।

घटनाको फुटेजमा भवनका १० तला भत्किएको देखिन्छ । छाना खसेपछि मानिस भागेका थिए । उनीहरूका पछाडि धुलो र भवनका चोइटा आइपुगेका थिए ।

रुसी रक्षा मन्त्रालयले उक्त हमलालाई आवासीय क्षेत्रमा गरिएको आतंककारी आक्रमण भनेको छ । घटनामा एक बालक हराइरहेको रुसी अधिकारीहरूले बताएका छन् ।

रुस र युक्रेन दुवैले सर्वसाधारण नागरिकलाई लक्षित गरी कुनै आक्रमण नगर्ने जनाउँदै आएका थिए ।

उक्त घटनाका बारेमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि ‘ब्रिफिङ’ गरिएको छ । क्रेमलिनले घटनालाई बर्बर भनेको छ । युक्रेनले भने उक्त घटनाका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन । रोयटर्सबाट ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro