विदेश
काठमाडौं । अफगानिस्तानमा बाढीका कारण मृत्यु हुनेको संख्या ३३० नाघेको छ । अफगानिस्तानको बागलान, तखार, बदख्शान र घोर प्रान्तका प्रमुख भागहरूमा वर्षा र बाढी आएको थियो ।
विश्व खाद्य कार्यक्रमको अफगानिस्तान कार्यालय र स्थानीय अफगान अधिकारीहरूले दिएको जानकारी अनुसार त्यहाँ अहिले वर्षा भइरहेको छ । संयुक्त राष्ट्र संघको एजेन्सीले सामाजिक सञ्जालमा उत्तरी बाघलान प्रान्तमा मात्रै ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र एक हजारभन्दा बढी घर ध्वस्त भएको बताएको छ ।
डब्ल्यूएफपीले उद्धार गरी सुरक्षिर स्थानमा सारिएकाहरूलाई फोर्टिफाइड विस्कुटहरू वितरण गरिएको छ । अफगानिस्तानले गत महिनामा भारी वर्षा र बाढीको सामना गरिरहेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१ १३:२३
प्रतिक्रिया दिनुहोस्