site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक जारी छ । शनिबार दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।

आउँदो असार १६–२० गतेका निम्ति तय गरिएको पार्टीको महाधिवेशनको तयारीबारे बैठकमा छलफल भइरहेको केन्द्रीय प्रचार विभागले जानकारी गराएको छ ।

यस्तै, भोलि बस्ने पार्टीको पोलिटब्युरो बैठक र यही वैशाख ३१ र जेठ १ गतेका निम्ति तय केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे पनि छलफल गरिनेछ । बैठकमा समसामयिक विषयमा समेत छलफल गरिने जनाइएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro