site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : ओली
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताएका छन् ।

एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रिय विभागले आज आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थासम्बन्धी राष्ट्रिय गोष्ठीमा उनले राजनीतिक अस्थिरताले  विकासका काम अगाडि बढ्न नसकेको बताएका हुन् ।

“विकासका कुरा कतिले बुझ्दैनन् । कतिले रोकिदिन्छन् त कतिले भत्काइदिन्छन् । यो जरुरी छैन भन्ठान्छन् । यस्ता कुराले विकास निर्माणमा व्यवधान खडा गरेको छ,” उनले भने, “तर पनि हामीले काम गरिरहेका छौँ । अहिले नयाँ नयाँ खालका अभ्यास भइरहेको छ ।”

उनले पूर्वाधार प्रयोग गरेर उद्यमशीलताको विकास गरी त्यसबाट रोगजारीका अवसर सिर्जना गर्नुपर्ने धारणा राखे ।

अध्यक्ष ओलीले कृषिमा आधारित साना मझौला उद्योग स्थापना गर्नुपर्ने बताए । उनले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारका लागि आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा गरिने जानकारी पनि दिए ।

“पूर्वाधार विकास होइन । विकासको आधार पूर्वाधार हो । विकास गर्न पूर्वाधारको विकास चाहिन्छ, पूर्वाधारको विकासमा ठूलो सफलता प्राप्त गरिसकेका छौँ,” उनले भने ।

उनले पूर्वाधारको विकास हुँदा कनेक्टिभिटीका क्षेत्रमा रेलवे, हवाइजहाज, विद्युत् विस्तार, सञ्चारको विस्तारमा ठूलो प्रगति गरेको बताए।  नेपालजस्तो दुर्गम देशमा उत्पादनले बजार पाउँदैनन् भन्ने ठूलो गुनासो रहेकाले उहाँले केही ठाउँबाहेक त्यस्तो गुनासो नभएको स्पष्ट पारे । अध्यक्ष ओलीले हरेक पालिकाका सदरमुकामलाई कालोपत्र बाटोले जोड्न  अभियान सञ्चालन गरेको बताए।

कार्यक्रममा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको पुँजीगत खर्चलाई सुधार गर्नुपर्ने बताउनुहुँदै पूँजीगत खर्चको प्रभावकारीता ल्याउन  चुनौती रहेको बताए । उनले राष्ट्रिय योजना आयोगले लगेको कुरालाई संसद्ले पारित गरेर कार्यान्वयन गर्नुपर्ने बताए । उनले विकासको सवालमा सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए ।

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पार्टीका नेताले पार्टीको कुरा मात्र नभई पार्टीको स्वार्थभन्दा माथि उठेर काम गर्न सके मुलुकको विकास हुने बताए। उनले आफू भर्खरै मन्त्री भएकाले अब कामको गतिलाई अघि बढाउने र भौतिक क्षेत्रमा राम्रो प्रगति गर्ने बताए । एमालेका केन्द्रीय सदस्य विभागका प्रमुख कृष्णवहादुर केसीले सडक, यातायातका क्षेत्रमा विज्ञसँगको छलफलबाट आएका सुझाव पार्टीलाई बुझाउने बताए ।

विभागका सचिव सुशील ज्ञवालीले राजनीतिक दृष्टिकोण स्पष्ट भएमात्र विकास हुने धारणा राखे । राजनीतिक रुपमा अस्थिरता आए पनि दृष्टिकोणमा परिवर्तन नभएपछि मुलुकको विकास हुने उनको भनाइ छ । कार्यक्रममा सडक, रेल तथा जल यातायातका क्षेत्रमा डा चन्द्रवहादुर श्रेष्ठ र गुरु भट्टराई, निर्माण व्यवसाय तथा इन्जिनियरिङमा सुशील ज्ञवाली र ओम शर्मा तथा यातायात क्षेत्रमा दधि खरेल र श्रीराम ढकालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro