site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभामा प्रतिनिधिसभाको छायाँ पर्न खोजेको आभास : मायाप्रसाद शर्मा
फाइल तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रियसभामा प्रतिनिधिसभाको छायाँ पर्न नहुने बताएका छन् । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले राष्ट्रियसभा प्रतिनिधिसभाभन्दा फरक भएकाले अन्तरविरोध र अन्तरसंघर्ष ननिकाली मेलमिलापबाट अघि बढ्न जरुरी रहेको बताए । 

उनले राष्ट्रियसभामा विस्तारै प्रतिनिधिसभाको छायाँ पर्न लागेको आभास आफूलाई भइरहेको उनको भनाइ छ ।  उनले राष्ट्रियसभालाई गरिमायुक्त सभा बनाइराख्न सबै सांसदहरूले गम्भीर भएर सोच्नुपर्ने बताए । 

“म यहाँ करिब करिब चार ४ वर्ष भयो । यहाँ अन्तरविरोध र अन्तरसंघर्ष त्यस्तो देखिएन । सबै हामीले मेलमिलापकै बीचबाट गर्‍यौँ । अब फेरि विस्तारै प्रतिनिधिसभाको छायाँ यहाँ पर्छ जस्तो लाग्छ । यो भयो भने राष्ट्रियसभाको अर्थ हुँदैन,” उनले भने । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्