site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सदनमा कांग्रेसले के गर्छ, हेर्नेछौँ : केपी ओली

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजको सदनमा नेपाली कांग्रेसले के गर्छ भन्ने हेरिने बताएका छन् । शुक्रबार बसेकाे पार्टीकाे संसदीय दलको बैठकमा उनले अघिल्लो बैठकमा कांग्रेस रन्थनिएको बताए । 

“आज नेपाली कांग्रेसले के गर्छ, हेर्नुपर्नेछ । योभन्दा अघिल्लो अधिवेशन नेपाली कांग्रेस अत्यन्तै रन्थनियो ।  के गर्ने नगर्ने । प्रधानमन्त्री भइदिऊ भनेर यहाँ पनि पुगेको छ, उहाँ पनि पुगेको छ,” ओलीले भने । 

उनले सदनमा प्रश्न उठेपछि गृहमन्त्री रवि लामिछानेले जवाफ दिन्छु भन्दा बोल्न नदिएको बताए । “सदनमा प्रश्न उठेपछि, नेपाली कांग्रेस जतिको पार्टीले प्रश्न उठाएपछि म सदनमा बोल्छु भन्नुभयो । कांग्रेसले बोल्न दिएन । आरोप लगाउने बोल्न नदिने,” उनले भने । 

ओलीले बोल्न नदिएर जग हसाइ गरेको बताए । उनले प्रमुख पार्टीको छलफलमा आफूले प्रश्न उठाएर जवाफ दिन नपाउने भन्ने नमिल्ने बताएको सुनाए ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro