site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसदीय समिति नबनेसम्म सदन अवरुद्ध गर्ने कांग्रेसको रणनीति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म सदन अवरुद्ध गर्ने निर्णय गरेको छ । 

नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि संसदीय समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने निर्णय गरेको सांसद अर्जुननरसिंह केसीले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

बैठकले रवि लामिछानेलाई गृहमन्त्रीको रूपमा नभई एक दलको नेताको रूपमा बोल्न दिने पनि निर्णय गरेको उनले जानकारी दिए । 

यसअघि सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको नाम मुछिएपछि उनलाई संसदमा बोल्न दिन कांग्रेसले  मानेको थिएन । तर, अब दलको नेताको रूपमा उनलाई सदनमा बोल्न दिने कांग्रेसले निर्णय गरेको हो । बैठक जारी छ । 

शुक्रबार दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro