site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपिषद्को बैठकले आवश्यक प्रक्रिया पूरा गरेर टेलिकमलाई लाइसेन्स दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो ।

नेपाल टेलिकमको मोबाइल सेवाको २५ वर्षे लाइसेन्सको अवधि भोलि सकिँदै छ । त्यसअघि मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ । 

लाइसेन्सको शुल्क कति लिने, अवधि कति हुनेलगायतका सबै विषय दूरसञ्चार क्षेत्रको नियामक प्राधिकरण आफैँले तय गर्नेछ । 

मन्त्रिपरिषद्को निर्देशनपछि प्राधिकरण आफैँले कानुनी व्यवस्थाअनुसार टेलिकमलाई दिने लाइसेन्सको बाँकी काम गर्नेछ ।

टेलिकमको लाइसेन्सको अन्तिम दिन भोलि भएकाले प्राधिकरणले भोलि नै टेलिकमलाई नयाँ लाइसेन्स दिन सक्नेछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro