site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महासंघ अध्यक्ष र आईएफसीका देशीय प्रबन्धकबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका निम्ति आफूहरूले पहल गरिरहेको बताएका छन् । यसमा सरकार र विकास साझेदारसँगको सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे ।

अध्यक्ष ढकालले नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका निम्ति अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का देशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग बिहीबार भएको भेटमा यस्तो बताएका हुन् । त्यसक्रममा उनले नेपाल प्राकृतिक साधनस्रोतमा धनी, युवा र गतिशील जनशक्ति भएको र रणनीतिक भौगोलिक अवस्थिति रहेको पनि बताए ।

यसलाई पूर्ण रूपमा सदुपयोग गर्न र आर्थिक वृद्धिलाई अगाडि बढाउन व्यापारिक वातावरणमा सुधार, लगानी आकर्षित गर्ने नीति, उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

ढकालले नवप्रवर्तन, उद्यमशीलता विकास र दिगो आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्न अन्तर्राष्ट्रिय वित्त निगमसँगको सहकार्य आवश्यक रहेको औँल्याए ।

होल्टम्यानले आईएफसी सधैँ निजी क्षेत्रको विकासको साझेदार भएको बताए । आईएफसी विश्वभरको आर्थिक वृद्धि र दिगोपनलाई प्रवर्द्धन गर्न पनि साझेदार भएको उनले उल्लेख गरे । उनले नेपालको विकास कार्यमा आईएफसीले निरन्तर सहयोग र सहकार्य गर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro