site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीको मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी पेस

विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेस गरेका छन् । एमाले–माओवादी संसदीय दलका नेता र सांसद प्रदेश प्रमुखको कार्यालयमा भेला भई दाबी पेस गरेका हुन् । दुई दलका ५२ सांसदले हस्ताक्षर गरी दाबी पेस गरेका हुन् ।

दुई दलले एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन माग गर्दै दाबी पेस गरेका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले हिजो (बुधबार) बेलुका नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न आह्वान गरेका थिए । खापुङले संविधानको व्यवस्था हेरेर मुख्यमन्त्री नियुक्त गर्ने बताए ।

दुई दलले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता गरी वैशाख ७ गते प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित गरी कार्कीलाई विश्वासको मत लिन भनेका थिए । यता, प्रदेश प्रमुखले असंवैधानिक कदम चालेको भन्दै रिट दायर गर्न मुख्यमन्त्री कार्की सर्वोच्च अदालत पुगेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro