site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बोक्सीको घर’ हेरेपछि गगन थापाले भने– नेपाली समाज बदल्न आवश्यक छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्न नहुने बताएका छन् । बुधबार काठमाडौंमा चलचित्र ‘बोक्सीको घर’ हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाज आफैँ बदलिन्छ भनेर सन्तोष मानेर बस्न नहुने बताएका हुन् ।

उनले राजनीतिक कार्यकर्ताहरूले समाज विकासको गति बढाउन आवश्यक रहेको बताए । उनले चलचित्र बोक्सीको घरले समाज विकासका लागि ठूलो भुमिका खेल्ने बताए । उनले नेपाली समाज अझै बदलिन नसकेको र बदल्न आवश्यक रहेको बताए । 

“हामीले सन्तोष मान्नु हुँदैन । किन मान्नु हुँदैन भने समाज आफैँ बदलिरहेको छ, बदलिरहन्छ, बिस्तारै हुँदै जान्छ भनेर मात्रै हुँदैन । १० वर्षमा हुन्छ भनेर छोड्यौँ भने त हामी जस्तो राजनीतिक कार्यकर्ता किन चाहियो ? यसको गति बढाउने काम हाम्रो हो । यसमा केकी अधिकारीको चलचित्रले ठूलो भुमिका खेल्छ,” उनले भने ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro