site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
एप्पलको आइप्याड ‘इभेन्ट’का सात घोषणा : शक्तिशाली चिप र मूल्य कटौती
Sarbottam CementSarbottam Cement

काठमाडौं । एप्पलले करिब दुई वर्षपछि नयाँ आइप्याड सार्वजनिक गरेको छ । ‘लेट लुज’ आइप्याड इभेन्टमार्फत आइप्याडसँगै अन्य उत्पादन र फिचर सार्वजनिक गरेको छ ।

नयाँ आइप्याड 
जसमा एउटा नयाँ १३ इञ्चको आइप्याड एयर रहेको छ । यसलाई आइप्याड प्रोको सस्तो विकल्प भनिएको छ भने एप्पलको एम२ चिप यसमा जडित छ । ब्लु, पर्पल, स्टारलाइट र स्पेस ग्रे रङमा उपलब्ध ११ इञ्चको आइप्याडको मूल्य ५९९ अमेरिकी डलर रहेको छ भने १३ इञ्च साइजको आइप्याडको मूल्य ७९९ अमेरिकी डलर छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ओएलईडी डिस्प्ले र हलुका तौल 
आइप्याड प्रो ओएलइडी डिस्प्ले र हलुका तौलसहित आएको छ । ११ इञ्चको आइप्याड प्रो ५.३३ मिलिमिटर र १३ इञ्चको मोडेलमा ५.१ मिलिमिटर मोटाइ रहेको छ । यसमा एम४ प्रोसेर आएको छ भने ९९९ अमेरिकी डलरदेखि एक हजार २९९ अमेरकी डलर रहेको छ ।

द्रुत र एआईका लागि तयार एम४ चिप
एप्पलले इभेन्टकै क्रममा एम४ चिप सार्वजनिक गरेको छ । १० कोर सीपीयू र १० कोर जीपीयूसहित तीन एनएम प्रोसेसमा एम४ चिप बनेको छ । यो चिपको सीपीयू एम२ भन्दा ५० प्रतिशत द्रुत रहेको कम्पनीले जनाएको छ ।

Global Ime bank

नयाँ एप्पल पेन्सिल प्रो
गत वर्ष सार्वजनिक यूएसबी–सीसहितको एप्पल पेन्सिलपछि अहिले आएको नयाँ एप्पल पेन्सिल प्रोले हेप्टिक फिडब्याक सर्पोट गर्ने भएको छ । यसले ब्रसको आकार परिवर्तन गर्नेदेखि फान्ड माइ पनि सर्पोट गर्छ । आइप्याड प्रोका लागि बनेको एप्पल पेन्सिल प्रोको मूल्य १२९ अमेरिकी डलर छ ।

म्याजिक किबोर्ड
एप्पलले २९९ अमेरिकी डलर पर्ने ११ इञ्च र ३४९ अमेरिकी डलर पर्ने १३ इञ्चको किबोर्ड पनि सार्वजनिक गरेको छ । यो सिल्भर र स्पेस ब्ल्याक रङमा उपलब्ध छ ।

३४९ डलरको आइप्याड
नयाँ आइप्याड एयर आइप्याड प्रो सार्वज्निक गरेपछि एप्पलले दशौँ पुस्ताको सुरुआती आइप्याडको मूल्य १०० डलर घटाएर ३४९ अमेरिकी डलर तय गरेको छ ।

एप्पलको क्रिएटीभ सुइटमा अपडेट
एप्पलले फाइनल कट नामक नयाँ एप सार्वजनिक गर्ने भएको छ । यसको उद्देश्य लाइभ मल्टिक्यामेरा प्रोडक्सनमा मद्दत गर्नेछ । अपडेटेड फाइनल कट प्रो एपसँग सिंक गर्ने यो एपबाट दुईभन्दा बढी आइफोन र आइप्याडसँग कनेक्ट गराएर एकैपटक फरक एंगलको लाइभ वा भिडियो बनाउन मिल्नेछ । यसबाहेक एप्पलले यसको अडियो वर्कस्टेसन ‘लजिक प्रो’मा एआई आधारित भर्चुअल बास प्लेयर र किबोर्ड प्लेयर थपेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement