site stats
बाह्रखरी :: Baahrakhari
देश
चोरी भएका २२ वटा दुईपांग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं । विभिन्न मितिमा चोरी भएका २२ वटा दुईपांग्रे सवारीसाधन फेला पारी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले १६ वटा मोटरसाइकल र ६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । 

विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको मुलपानी, माकलबारी, सुकेधारा, गौरीघाट, काँडाघारी, नयाँबसपार्क, सोह्रखुट्टे, स्वयम्भू, चौमती, स्युचाटार, दरबारमार्ग, भैँसेपाटी र थिमीलगायत स्थानबाट ती सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको हो ।  

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०९:१०
प्रतिक्रिया दिनुहोस्