site stats
बाह्रखरी :: Baahrakhari
खेल
रियालको पुनरागमन जित

काठमाडौं । जाकोबो रामोनले इन्जुरी समयमा गोल गरेपछि स्पेनिस ला लिगामा रियाल मड्रिडले मायोर्काविरुद्ध २–१ को जित निकालेको छ । 

रियालको यो जितसँगै २८औँपटक ला लिगा च्याम्पियन हुने बार्सिलोनाको योजना तत्काललाई रोकिएको छ । बुधबार राति भएको खेलमा रियाललाई जित दिलाउन किलियन एमबाप्पे र रामोनले गोल गरे । मायोर्काका माटिएन भालेन्टले गोल गरेका थिए ।

मार्टिनको गोलमा मायोर्काले ११औँ मिनेटमा अग्रता बनाएको थियो । तर, ६८औँ मिनेटमा लुका मोड्रिचको पासमा एमबाप्पले रियालबाट बराबरी गोल फर्काएका थिए ।

बराबरतर्फ मोडिएको खेलमा जाकोबोले विजयी गोल गरेका हुन् । रियालको यो जितसँगै हेन्सी फ्लिकको टिम बार्सिलोनाले च्याम्पियन बन्न कम्तीमा अर्काे खेल कुर्नुपर्ने भएको छ ।

बार्सिलोनाले अर्को क्याटलान क्लब स्पान्योललाई हराएको अवस्थामा २८औँ पटक ला लिगाको उपाधि उचाल्नेछ । अघिल्लो साता रोमाञ्चक खेलमा बार्सिलोनाले रियाल मड्रिडलाई हराएपछि उपाधि सम्भावना निकै अगाडि बढेको छ ।

ला लिगामा तीन खेल बाँकी रहँदा बार्सिलोना दुई अंकसहित शीर्ष स्थानमा छ । एक खेल बढी खेलेको रियालको सात अंक छ । बार्सिलोनासँगै ३५ खेल खेलेको एट्लेटिको मड्रिड ७० अंकसहित तेस्रो स्थानमा छ ।

यता, रियाल भ्यालाडोलिड, लास पाल्मास र लेगानेस रेलिगेसन क्षेत्रमा छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्