site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआईसी एशिया बैंकले जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट दिने

काठमाडौं । एनआईसी एशिया बैंकले जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत र साधारण बक्यौता ब्याज रकममा ३५ प्रतिशतसम्म छुट दिने भएको छ । बैंकले मंगलबार सूचना जारी गर्दै जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत र भाखा नाघेको साधारण ऋणको ब्याजमा ३६५ दिनभन्दा बढीको ३५ प्रतिशत छुट दिने जानकारी गराएको हो ।

देशमा हाल कायम आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुगोस् भनेर जेठ मसान्तभित्र यस्ता कर्जा तिर्ने ग्राहकलाई छुट दिने बैंकले जनाएको छ ।

०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जाको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम आउँदो जेठभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत र साधारण बक्यौता ब्याज रकममा ९१ दिनदेखि १८० दिनको हकमा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनको हकमा २५ र ३६५ दिनभन्दा बढी अवधिको कर्जामा ३५ प्रतिशत छुट दिइने बैंकले जनाएको छ ।

मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालु पुँजी कर्जा तथा अरू रिभल्विङ प्रकृतिका कर्जालगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जामा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् ।

बैंकले ल्याएको यो छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्ने र देशको समग्र अर्थतन्त्रको पुनरूत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकको विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro