site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्पेस उडान अन्तिम समयमा स्थगन

काठमाडौं । बोइङको चालकदलसहितको पहिलो स्पेस उडान अन्तिम समयमा स्थगन गरिएको छ । अन्तरिक्ष उडान सुरक्षा जाँचका लागि निर्धारित समयभन्दा दुई घण्टाअघि स्थगन गरिएको नासाले जनाएको छ ।

अन्तरिक्षयात्री बुच विल्मोर र सुनी विलियम्स स्पेसक्राफ्टभित्र बसिसकेपछि त्यसलाई ‘अक्सिजन रिलिफ भल्भ’सम्बन्धी एउटा समस्याका कारण उडानमा रोक लगाइएको थियो । सो स्पेसक्राफ्ट फ्लोरिडाको केप कानाभेरलबाट इन्टरनेसनल स्पेस स्टेसनतर्फ लग्ने तयारी गरिँदै थियो । 

चाँडोभन्दा चाँडो अर्थात् मंगलबार रातिसम्ममा लन्चको प्रयास भइरहेको जनाइएको छ । स्पेसक्राफ्ट विकासका लागि पहिला नै सो मिसन केही वर्ष ढिला भइरहेको थियो ।

नासाका प्रमुख बील नेल्सनले एक्समा भनेका छन्, "मैले पहिला नै भनेको छु नासाको पहिलो प्राथमिकता सुरक्षा हो । जब हामी तयार हुन्छौँ, त्यसपछि जानेछौँ ।" बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro