site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनशनरत व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले अपांगता भएका व्यक्तिहरू र नेपाल सरकारबीच भएको सम्झौताको कार्यान्वयन गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सोमबार जारी गरेको विज्ञप्तिमा यसअघि भएका सम्झौताको कार्यान्वयनमा जोड दिन र आमरण अनशनमा बसेका दीपक भण्डारीलगायत व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन नेपाल सरकारलाई आग्रह गरिएको छ ।

अपांगता भएका व्यक्तिका निम्ति कानुनमा उल्लेख भएबमोजिम सामुदायिक सहायता सेवा तथा व्यक्तिगत सहयोगी सेवासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न माग गर्दै दीपक भण्डारीलगायत व्यक्तिहरू विगत सात दिनदेखि अनशनमा रहेका र यसबाट उनीहरूको स्वास्थ्य अवस्थामा पर्न सक्ने जोखिमप्रति आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगले अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाको अनुगमन गरिएको जनाएको छ । अपांगता भएका व्यक्तिलाई सामुदायिक सहायता, व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउनेलगायत विषयमा गएको चैत १४ गते महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग भएका सम्झौताको कार्यान्वयन हुनुपर्ने माग राखी यही वैशाख १८ गतेदेखि काठमाडौंको शान्तिवाटिकामा भण्डारीसहितका व्यक्तिहरू अनशन बसिरहेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro