site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से १५.६२ अंकले घट्यो, दुई अर्ब ८९ करोडको सेयर कारोबार
Tiktok banner adTiktok banner ad

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार घटेर बन्द भएको छ । नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा बन्द भएको हो ।

यस दिन दुई अर्ब ८९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भयो । ६२ कम्पनीको सेयर मूल्य बढेको छ । १७७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

बोटलर्स नेपाल (तराई)को सेयर मूल्य प्रतिकित्ता एक हजार १६४ रुपैयाँ ८० पैसाले बढेर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४ हजार ६९ रुपैयाँ ८० पैसा कायम भएको छ । पोखरा फाइनान्स र डोल्टी पावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

सिटिजन्स लाइफ इन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीले आज २८ प्रतिशत लाभांश प्रस्ताव गरेपछि लगानीकर्ता आकर्षित भएर कारोबार बढेको हो । यो कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ मध्ये विकास बैंक समूहबाहेक सबै घटेका छन् । विकास बैंक समूहको परिसूचक ०.२३ प्रतिशतले बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक १.९६ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro