site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाँचखाल बृहत् खानेपानी आयोजना अन्तिम चरणमा
Sarbottam CementSarbottam Cement

काभ्रे। पाँचखाल नगरमा सञ्चालित बृहत् पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आउँदो असार मसान्तभित्र पाँचखालका ६ हजार परिवारका साढे ३१ हजार नागरिकले घरघरमा स्वच्छ पिउने पानी पाउने आयोजनाले जनाएको छ ।

निर्माणाधीन उक्त खानेपानी आयोजनाको भौतिकतर्फ करिब ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ । आयोजनाका लागि अपुग रकम नगर विकास कोषले शुक्रबार थप ७ करोड ४३ लाख दुई हजार ७५० रुपैयाँ रकम उपलब्ध गराएको छ । थपिएको रकमका लागि शुक्रबार उपभोक्ता समितिका अध्यक्ष कुमार लामछिानेसहित समिति पदाधिकारी, नगर विकास कोष प्रमुख कृष्णप्रसाद सापकोटा र नगरप्रमुख महेश खरेलबीच त्रिपक्षीय सम्झौता भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त रकमबाट आयोजनाको बाँकी निर्माण पुरा भई आयोजना सम्पन्न हुने समिति अध्यक्ष लामिछानेले बताए । उनका अनुसार हाल योजनाको कार्य अन्तिम चरणमा पुग्दा प्रति सेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ । यस्तै, प्रतिघण्टा तीन लाख दुई हजार ४०० पानी तान्न सहज ढ‌ंगबाट सकिने र आयोजनाको लक्ष्य अनुसार लगातार २० घण्टा पानी तान्न सकिने प्रमाणित भएको लामिछानेले बताए । लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो ।

यस्तै, आयोजनाअन्तर्गत सुनकोशी नदी किनारमा ६ इनार, चार/चार लाख लिटर क्षमताको दुई पानी संकलन ट्यांकी, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्यांकी, १० नयाँ वितरण ट्यांकी, ६ ब्रेक प्रेसर ट्यांकी तथा १५ पाले घर निर्माण सम्पन्न भएको छ । पाँच जेनेरेटर राख्ने घर, ट्यांकी वरपर पर्खाल तथा तारबार लगाउने, ६ किलोमिटर पानीको मुख्य प्रसारण लाइन, ३७ किलोमिटर शाखा प्रशारण लाइनमध्ये ३५ किलोमिटर, २३० किलोमिटर वितरण पाइप लाइनमध्ये हालसम्म २२० किलोमिटर पाइप लाइनको काम सम्पन्न भएको जनाइएको छ ।
 
कुल ६ हजार ३७ धारामध्ये हालसम्म तीन हजार ५०० धारा जडान, उपभोक्ता समिति भवन, पानी प्रशोधन केन्द्रका सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ । उनका अनुसार हाल आयोजनाको २४ पानी तान्ने पम्प जडान, सात बिजुलीको ट्रान्सफर्मर जडान, खोलादेखि पानी संकलन केन्द्रसम्मको हाइटेन्सन लाइन बिस्तारको काम सम्पन्न भइसकेको छ । 

Global Ime bank

सहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच  २०७७ असार १५ गते अढाई वर्ष अर्थात् ०७९ माघ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजनाको काम कोरोना संक्रमण, मेलम्चीमा आएको बाढीका कारण आयोजनाको पूर्वाधारमा क्षति पुर्‍याएका कारण लम्बिएको हो । यी कारणले पहिलोपटक १० महिना र दोस्रोपटक चार महिना गरी आयोजना सम्पन्न गर्न १४ महिनाको समय थप गरिएको थियो । 

पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१०, बिमिरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको हो ।  एक अर्ब ४७ करोड ४३ लाख ६० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिकाको वडा नं २, ३, ४, ६,७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरधुरीका हाललाई ३१ हजार ४१५ नागरिक लाभान्वित हुनेछन् । जसमध्ये दैनिक प्रतिव्यक्ति १९२ दशमलव ०५ लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको योजनामा उल्लेख छ । आगामी सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ । 

आयोजनाका लागि सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारको बजेटसँगै कूल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख पाँच हजार ३०० परिवारले प्रतिपरिवार १८ हजार रुपैयाँका दरले रकम बुझाएका छन् । यस्तै आयोजनाका लागि सम्झौताअनुसार २१४ उपभोक्ताले सहकारी संस्थाबाट समेत ऋण लिई खानेपानीका लागि रकम बुझाएका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement