site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीका सभामुखविरुद्ध कांग्रेस अदालत जाने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालको कदमविरुद्ध नेपाली कांग्रेस अदालत जाने भएको छ । ६० सदस्यीय  गण्डकी प्रदेशसभामा आइतबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदा ३० मत मात्र पाए । 

जबकी संविधानको धारा १८८ (३) अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

यसका विरुद्धमा कांग्रेसले पत्रकार सम्मेलन गर्दै अदालत जाने बताएको हो । कांग्रेस संसदय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखको कदम असंवैधानिक रहेको दाबी गरे । "बराबरीको अवस्थामा मात्र सभामुखले मतदान गर्न पाउने व्यवस्था रहेता पनि सभामुखले विश्वासको मत पाएको घोषणा गरिनु असंवैधानिक काम हो," उनले भने । 

कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एक विज्ञप्ति जारी गर्दै सभामुख दलीय पक्षधरतामा लागेको बताए । “मा. सभामुख जस्तो तटस्थ भूमिकामा रहेर संविधान र प्रदेशसभा नियमावलीको अधिनमा रही यसको कार्यान्वयन र पूर्ण पालना गर्नुपर्नेमा संवैधानिक निकायमा रहनुभएका, तटस्थ भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवार व्यक्तिहरूबाट दलीय पक्षधरताको आधारमा कसैलाई सत्तामा पुर्‍याउनका लागि संविधानको खिलापमा कार्य हुनु दुःखद विषय हो । यसतर्फ नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यनाकर्षण भएको छ” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Global Ime bank

सभामुखको असंवैधानिक निर्णयलाई नेपाली कांग्रेस संसदीय दल पूर्णरूपमा अस्वीकार गर्दै कानुनी उपचारको प्रक्रियामा जाने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement