site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंको वायु अझै ‘अस्वस्थकर’

काठमाडौं । काठमाडौं उपत्यकाको वायु अझै ‘अस्वस्थकर’ छ । गएको चैतयता यहाँको वायु प्रदूषणको तह उच्च छ ।

वातावरण विभागको सूचकांकमा आइतबार बिहान ११ बजे शंखपार्क क्षेत्रको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १८७ मापन गरिएको छ । काठमाडौंपछि पोखरामा वायु प्रदूषण उच्च देखिएको छ । कास्कीको पोखरामा सो समयमा एक्यूआई १७५ रहेको विभागको रेकर्ड छ ।

विभागका अनुसार, काठमाडौंमा शनिबार २४ घण्टाको औसत एक्यूआई १८६ थियो । सोही अवधिमा पोखराको एक्यूआई १७४ थियो ।

चितवनको भरतपुरमा भने प्रदूषण केही घटेको सूचकांकले देखाउँछ । केही दिनअघिसम्म भरतपुर उच्च प्रदूषित देखिएको थियो । भरतपुरमा शनिबार २४ घण्टाको एक्यूआई १८४ थियो । आइतबार बिहान ११ बजे त्यो १३९ मा झरेको छ ।

देशका अधिकांश स्थानमा डढेलोका कारण उच्च बनेको वायु प्रदूषण वैशाख अन्तिमसम्म रहन सक्ने विज्ञको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro