site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बार्सिलोना जिरुनासँग हार्दा रियाल चार खेलअगावै ला लिगा च्याम्पियन

काठमाडौं । कार्लो एन्सेलोट्टीको प्रशिक्षणमा रहेको रियाल मड्रिडले चार खेलअगावै स्पेनिस ला लिगाको उपाधि जितेको छ ।

शनिबार भएको खेलमा रियालले कार्डिजलाई ३–० ले हराएको थियो । त्योसँगै ८७ अंक जोडेको रियाललाई चार खेलअगावै लिग जित्न बार्सिलोनाले हार्नुपर्ने समीकरण थियो । शनिबार राति नै भएको खेल बार्सिलोना जिरुनासँग ४–२ ले पराजित भएपछि रियालले लिग उपाधि पक्क्का गरेको हो ।

Dabur Nepal
NIC Asia

लिग लिडर रियालले ३४ खेल खेल्दा २७ मा जित, ६ बराबर र एक हारको नतिजासहित ८७ अंक जोडेको हो । बार्सिलोनाविरुद्ध जित निकालेको जिरुना समान खेलबाट ७४ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । जिरुनाले क्लबको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगमा स्थान समेत निश्चित गरेको छ ।

रियाल र जिरुनाभन्दा पछाडि रहेको बार्सिलोनाको ३४ खेलबाट ७३ अंक छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro