बाह्रखरी फोटो
काठमाडौं । काठमाडौं उपत्यका अव्यवस्थित रूपमा घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरुप बन्दै छ । व्यवस्थित बसोवास गराउने नाममा भएको अव्यवस्थित काम रिङरोड बाहिर असरल्ल छ । डोजरले खनेको र इटाले भाग लगाएको जग्गालाई प्लटिङ भन्दै बिक्री गरिन्छ । न्यूनतम पूर्वाधार समेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ । कतै राजकुलोमा मापदण्डअनुसार जग्गा नछोडी जग्गा प्लटिङ गरिएको छ भने कतै जंगल र सार्वजनिक जग्गा मिचिएको अवस्था छ । तर मापदण्ड नपुगी गरिएका प्लटिङमा पनि सरकारले कारबाही गरेको छैन । हेरौँ न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका केही तस्बिरहरू आजको फोटो फिचरमा ।
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१ १२:१०
प्रतिक्रिया दिनुहोस्