site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्टरनेट अवरुद्धबारे नियामक निकाय मौन 

काठमाडौं । नेपालमा इन्टरनेट सेवा अवरुद्धबारे नियामक निकाय अझै मौन छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार मध्याह्न १२ बजेसम्म आफ्नो कुनै आधिकारिक धारणा राखेको छैन । प्राधिकरण नेपालका इन्टरनेट सेवाप्रदायकको नियामक निकाय हो ।

अत्यावश्यक सेवाका रूपमा रहेको इन्टरनेट घण्टौँ अवरुद्ध हुँदा समेत नियामक निकायले दोस्रो दिनसम्म कुनै चासो देखाएको छैन । भारतीय कम्पनीलाई भुक्तानी गर्न नसकेको भन्दै बिहीबार करिब ६ घण्टा इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

यता, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने हिजो (बिहीबार)साँझ नै विज्ञप्ति जारी गर्दै सेवा सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको थियो । सेवाप्रदायकले ग्राहकहरूबाट वर्षभर र महिनाको शुल्क सुरुमै उठाएर सेवा अवरुद्ध गर्न नपाउने मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro