site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
समृद्ध नेपाल निर्माण महाअभियान सुरु : सञ्चारमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान थालेको बताएकी छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

समृद्ध नेपाल निर्माण महाअभियानमा सूचना र प्रविधि महत्त्वपूर्ण आधार बन्ने उनले उल्लेख गरिन् । उनले अबको युग सूचना र प्रविधिको भएको बताइन् । सूचना र प्रविधिको क्षेत्रमा लगानी प्रोत्साहन गर्ने गरी आवश्यक नियम–कानुन व्यवस्थित बनाउँदै अघि बढ्न जरुरी रहेकामा उनले जोड दिइन् ।

उनले सूचना प्रविधिको प्रयोग बलियो बनाउन देशभर डिजिटल साक्षरता एवं जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइन् । सूचना र प्रविधिको प्रयोगका कारण नागरिकले घरमै बसेर राज्यले प्रदान गर्ने सेवा लिन सक्ने अवस्थाको सिर्जना भइसकेको उनले सुनाइन् ।

मन्त्री शर्माले पछिल्लो समय सूचना प्रविधि आर्थिक समृद्धिका निम्ति नवीनतम एवं उदीयमान क्षेत्रका रूपमा स्थापित भएको बताइन् । निजी क्षेत्रले अहिले पनि सूचना तथा प्रविधि सेवा निर्यातमार्फत बर्सेनि अर्बौँ वैदेशिक मुद्रा भित्र्याइरहेको, करिब एक लाख युवाले मुलुकभित्र रहेर विभिन्न देशमा सूचना तथा प्रविधि निर्यात गरिरहेको उनले उल्लेख गरिन् ।

“...एकातिर सबै ठाउँका जनताको सूचनामा पहुँच स्थापित गर्नुपर्नेछ भने अर्कोतिर सबै नागरिकले समान रूपमा यसको प्रयोग गर्ने अवस्था पनि सिर्जना गर्नुपर्नेछ । यसका लागि सरकार गम्भीर र प्रतिबद्ध पनि छ,” उनले भनिन्, “सरकारसँग हातेमालो गर्दै सूचना र प्रविधिको विकास र प्रयोगमार्फत समृद्धिको यात्रामा अगाडि बढ्ने यो अभियानमा यहाँहरू सबैको साथ, सहयोगका लागि अपेक्षा गर्दछु ।”

मन्त्री शर्माले सूचना प्रविधि हरेक नागरिकको जीवनशैलीको आधार बन्दै गइरहेकाले राज्यले यसलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताका रूपमा स्वीकार गरेको बताइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro