site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुहाङको विजयी सभामा ओलीले भने– बाघको छोरा बाघ नभएर स्याल हुन्छ त ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इलाम–२ को विजयले आगामी राष्ट्रिय राजनीतिको संकेत गरेको बताएका छन् । इलाम–२ को उपनिर्वाचनको विजयी सभामा अध्यक्ष ओलीले अनेक भ्रम फैलाइरहेका बेला सुहाङ नेम्वाङले अत्यधिक मतले विजयी हुनु सानो कुरा नभएको बताए । 

पहिचनावादी उमेदवार डकेन्द्रसिंह थेगिमतिर संकेत गर्दै ओलीले  व्यक्तिगत पहिचान बनाउन खोजे सफल नहुने टिप्पणी गरे । “पहिचान भनेको के हो ? केलाई पहिचान भन्ने ?,” उनले भने, “हामीले व्यक्तिगत पहिचान बनाउन खोज्यौँ भने सफल हुन सक्दैनौँ ।”

Dabur Nepal
NIC Asia

ओलीले ‘समृद्धि नेपाल र सुखी नेपाली’ पहिचान भएको बताए । प्रदेशको नाममा पहिचनाको कुरा नरहेको उनको भनाइ छ । उनले इलामको विकासको जिम्मा सुहाङ नेम्वाङले र नेम्वाङको जिम्मा आफूले लिने बताए । “सुहाङ नेम्वाङले राम्रो काम गर्नुहुन्छ । नराम्रो काम गर्नुहुन्न,” उनले भने । 

नेम्वाङले चुनाव जितेपछि शिर झुक्न दिन्न भन्ने प्रतिबद्धता गरेको बताउँदै अध्यक्ष ओलीले ०४८ को मतदान जितेपछि आफूले गरेको प्रतिबद्धता स्मरण गरे । “०४८ सालको चुनाव जितेपछि पहिलो भाषणमा मैले भनेको थिएँ । उहाँले त्यसै भन्नुभयो,” उनले भने । 

एमालेमाथि उठेको प्रश्नको जवाफ कार्यकर्ताले दिएको उनले बताए । टिकट दिँदा सुवास नेम्वाङका छोरालाई टिकट दिएकोमा आपत्ति जनाएकोप्रति उनको संकेत थियो । 

“अनेक प्रश्न उठेका थिए । हरेक प्रश्नको जवाफ व्यवहारबाट दिनुभएको छ,” उनले भने, “एमालेमा असन्तुष्टि हुन्छ । राजाको छोरा राजा हुन्छ , कहाँबाट सुवास नेम्वाङ राजा हुनुहुन्थ्यो र उहाँको छोरा राजा हुन्छ ? उहाँ त संविधानको निर्माता, सांसद, एउटा योद्धा हुनुहुन्थ्यो । योद्धाको छोरा योद्धा नभएर बाघको छोरा बाघ नभएर स्याल हुन्छ त ?”

नेम्वाङ परिवारमा परेको चोटमा सुहाङलाई उमेदवार बनाएको सुनाए । उनले राजनीति भनेको एमालेसँग मात्रै भएको दाबी गरे । सुशासन र विकाससम्बन्धी नीति एमालेसँग भएको दाबी गरे ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro