site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कतारबाट पठाएको सुन अर्कैले बुझे, ल्याउनेलाई हातखुट्टा बाँधेर बन्धक बनाइयो !

काठमाडौं । कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सप्तरीको राजविराजका सिकेन्द्र यादवलाई सिनामंगलमा बन्धक बनाएको आरोप लागेका दुई जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा एमडी सहनी र अजिम अली रहेका छन् ।

प्रहरीका अनुसार नेपाल आएलगत्तै यादवलाई बन्धक बनाएर उनीहरूले उनको परिवारसँग चार लाख ८० हजार रुपैयाँ मागेका थिए ।

कतारबाट एक व्यक्तिले यादवको साथमा सुन पठाएको तर नेपाल ओर्लेपछि यादवले ल्याएको सुन अर्कै व्यक्तिले बुझेपछि उनलाई बन्धक बनाएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।

उनका अनुसार घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि टोली खटिएको र सिनामंगलमा यादवलाई हातखुट्टा बाँधेर राखेको अवस्थामा उद्धार गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro