site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इलाम–२ मा १६ उमेदवारको जमानत जफत 

काठमाडौं । इलाम–२ मा १६ उमेदवारको जमानत जफत भएको छ । १९ जना उमेदवार रहेकामा १६ उमेदवारले जमानत जोगाउन नसकेका हुन् । 

जमानत जफत हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीलगायत उमेदवार छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशनलगायतको पनि जमानत जफत भयो । 

निर्वाचनमा जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्छ । इलाम–२ मा ६८ हजार ४७२ मत सदर भएको थियो । ६९ हजार ३७४ मत खसेकोमा ९०२ मत बदर भएको जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ । 

Argakhachi Cement Island Ad

रास्वपाका उमेदवार मिलन लिम्बूले पाँच हजार ५० मत ल्याए भने नेकपा एकीकृत समाजवादीले ४०८, राप्रपाले ४०४, जनमत पार्टीले ११८, जनमत पार्टीले ३३, जनमत पार्टीले ३३ मत प्राप्त गरे । 

इलाम–२ नेकपा (एमाले), नेपाली कांग्रेस र पहिचानवादी स्वतन्त्र उमेदवारको मात्रै जमानत जोगिएको हो । जसमध्ये नेकपा (एमाले)का सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उमेदवार डम्बर खड्कालाई पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

नेम्वाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।

तेस्रोमा पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । 

२०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि यो क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन भएको हो । 

Matlist-1714431546.png
 


 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्