site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इलाम उपनिर्वाचन : जसले १०० मत पनि कटाउन सकेनन्
Tiktok banner adTiktok banner ad

इलाम । इलाम उपनिर्वाचनमा ५५ हजार २४६ मतगणना गर्दा १०० भन्दा कम मत ल्याउने उमेदवार पनि निकै देखिएका छन् । १९ उमेदवार चुनावी मैदानमा होमिएकोमा १०० मत नकटाउने १० जना रहेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।

श्यामबहादुर दर्जीको मादल चुनाव चिह्नमा २२ मत परेको छ । तीर चुनाव चिह्नका उमेदवार गणेशबहादुर चौहानले २९ मत प्राप्त गरेका छन् ।

आयोगको तथ्यांकअनुसार धनराज रानामगरले उडिरहेका माहुरी चुनाव चिह्नबाट ३५ मत प्राप्त गरेका छन् । यस्तै, षटकोण चुनाव चिह्नबाट निर्वाचन लडेका जयवन्त विक्रम शाहले ३३ मत प्राप्त गरेका छन् ।

अर्जुनबहादुर शाहीले ४६, महिला चुनाव चिह्नका उमेदवार डाकप्रसाद गौतमले चार, सिरिन्ज चुनाव चिह्नका दिपेश बोहोराले २० मत पाएका छन् ।

यता, माछा चुनाव चिह्नका उमेदवार मनोज निरौलाले तीन, कैची चुनाव चिह्नका योगेन्द्र गुरुङले तीन र जुँगासहितको अनुहारका उमेदवार राज वश्यालले ३३ मत पाएको आयोगको तथ्यांकमा उल्लेख छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ००:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro