site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इलाममा कहाँ चुक्यो रास्वपा ?
तस्बिर : रास्वपा

इलाम । "निश्चय नै यस उपनिर्वाचनले हाम्रो 'मिसन–८४'लाई सन्देश चाहिँ दिन्छ," उपनिर्वाचनअघि दमकमा बाह्रखरीसँगको संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बूले भनेका थिए ।

सुरुमा स्वतन्त्र उमेदवारी दिने बताएर उनी प्रचारमा जुटिसकेका थिए । तर, पछि रास्वपाबाट उमेदवार बने । उपनिर्वाचनबाट सांसदको सपना देखेर रास्वपाबाट चुनाव लडेका उनी यसपटक नजित्ने लगभग निश्चित भइसकेको छ ।

उपनिर्वाचनका लागि रास्वपाले उमेदवार छान्न र पूर्वमा संगठन विस्तार गर्न राम्रै संघर्ष गर्‍यो । सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सुरुदेखि नै इलाममै बसे । उमेदवार छान्न नेताहरू ४२ वडामै पुगे । नेताहरू मनिष झा, सोविता गौतम, निशा डाँगीसहिका नेताहरू उमेदवार खोज्न गाउँ पसे । उपसभापतिद्वय स्वर्णिम वाग्ले, डीपी अर्याल, संसदीय दल उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियारसहितले निरन्तर इलामलाई केन्द्रमा राखेर काम गरे । चुनावमा पनि गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछाने र शिक्षामन्त्री सुमन श्रेष्ठले घरघर पुगेर मत मागे ।

Dabur Nepal
NIC Asia

समग्रमा इलाममा रास्वपा आक्रामकरूपमा प्रस्तुत भएको थियो । तर, पनि रास्वपाको नतिजा निकै कमजोर देखियो । यतिसम्म कि लिम्बूले आफ्नै वडाबाट १०० मत पनि पाउन सकेनन् ।

सात वडा रहेको फाकफोकथुम गाउँपालिकाबाट रास्वपाले ६४५ मत मात्र पायो । वडा नम्बर १ बाट ११५, वडा नम्बर २ बाट ९६, वडा नम्बर ३ बाट ९७, वडा नम्बर ४ बाट ७१, वडा नम्बर ५ बाट ५५, वडा नम्बर ६ बाट १२७ र वडा नम्बर ७ बाट लिम्बूले ८४ मात्र पाए ।

माङसेबुङ गाउँपालिकाबाट उनले २४३ मत मात्र पाए । जबकि यो उनको बसोबास र मतदान गर्ने गाउँपालिका हो । वडा नम्बर १ मा उनले ३६ मत पाए । आफ्नै वडा रहेको वडा नम्बर २ मा उनले ९६ मतमात्र पाए । लिम्बूले ३ नम्बर वडामा ४२, ४ वडा नम्बरमा ८, वडा नम्बर ५ मा ३, वडा नम्बर ६ मा ५८ मत पाए ।

रास्वपाले कुनै पनि वडामा लिड गर्न सकेन । माई नगरपालिकाका तीनवटै वडामा रास्वपाले कुल २०१ मत पायो । रास्वपाले वडा नम्बर ६ मा ८४, वडा नम्बर ७ मा ४० र वडा नम्बर ८ मा ७७ मत पायो ।

यता चुलाचुली गाउँपालिकामा पनि रास्वपाको प्रदर्शन निराशाजनक नै रह्यो । यस पालिकाबाट रास्वपाले ६२४ मतमात्र पायो ।

लिम्बूले वडा नम्बर १ मा ११५, वडा नम्बर २ मा १५४, वडा नम्बर ३ मा ८६, वडा नम्बर ४ मा ६०, वडा नम्बर ५ मा १०२ र वडा नम्बर ६ मा १०७ मत पाए । 

रास्वपाले देउमाई नगरपालिका र इलाम नगरपालिकाबाट राम्रो मत पाउने आकलन गरिएको थियो । यहाँ उनीहरूले बढी मिहेनत पनि गरेका थिए । सभापतिसहित अन्य नेता नै लागेका थिए । तर, मतबाट त्यसो देखिएन ।

लिम्बूले वडा नम्बर १ मा २३२, वडा नम्बर २ मा ११२ मत पाए । वडा  नम्बर ३ मा २५९, वडा नम्बर ४ मा ३२९ र वडा नम्बर ५ मा १५८ मत पाए । उनले वडा नम्बर ६ मा १४१, वडा नम्बर ७ मा १२३ र ८ नम्बर वडामा १७४ मत मात्र पाए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro