राजनीति
इलाम । इलाम क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायम छ । यहाँ दोस्रो स्थानमा रहेका कांग्रेसका डम्बरबहादुर खड्का करिब पाँच हजार मतान्तरले पछि छन् । तेस्रो स्थानमा पहिचान पक्ष्धर डकेन्द्रसिंह थेगिमले कांग्रेसलाई पच्छ्याउँदा रास्वपाका मिलन लिम्बू भने धेरै पछि परेका छन् ।
एमालेका सुहाङले अहिलेसम्म १३ हजार ९०० मत पाउँदा कांग्रेसका खड्काले आठ हजार ९१४ मत पाएका छन् । पहिचानको मुद्दा लिएर उमेदवारी दिएका स्वतन्त्र उमेदवार थेगिमले आठ हजार २८५ मत ल्याउँदा रास्वपा लिम्बूको एक हजार ९४५ मत छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१ १४:५२
प्रतिक्रिया दिनुहोस्