site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पहिचान पक्षधरलाई चुलाचुलीको काँध, वाम विरासत जोगाउने पथमा सुहाङ 
Sarbottam CementSarbottam Cement

इलाम । आफ्नै वडाबाट साथ नपाएका पहिचान पक्षधर उमेदवार डकेन्द्रसिंह थेगिमलाई चुलाचुली गाउँपालिकाले भने काँध हालिदिएको छ । कोसी प्रदेश नामकरणमा असहमति जनाउँदै पहिचानको खोजीमा रहेको समुदायका प्रतिनिधि पात्र हुन् थेगिम । उनी यो निर्वाचनमार्फत् राजनीतिक लडाईं लड्न जनताको सबैभन्दा शक्तिशाली स्थल संसद् भवन प्रवेश गर्न चाहन्छन् । यसैका लागि उनी चुनावी मैदानमा छन् । 

उनको मतदान अधिकार भएको वडा हो, फाकफोकथुम ३ । जहाँ उनले १,३१४ मत खस्दा ११७ मत पाएका थिए । उनले पूरै पालिकाभरीबाट गणना भएको ९ हजार ६२१ मतमध्ये ९६३ मत मात्र प्राप्त गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, चुलाचुली गाउँपालिकामा भने अवस्था फरक रह्यो । उनलाई यो वडामा धेरैले मत दिए । यहाँबाट थेगिमले दोस्रो स्थानमा मत ल्याए । ११ हजार १२ मत मध्ये उनले ३ हजार २९९ मत थेगिमको पक्षमा आयो ।

दुई गाउँपालिकाको २१ हजार ८१० मतगणना हुँदा थेगिम चौथो स्थानमा छन् । उनले ४ हजार ६३४ मत पाएका छन् । 

Global Ime bank

वाम विरासत जोगाउने पथमा सुहाङ 
सुवासचन्द्र नेम्वाङको निधन भएपछि यहाँ उपनिर्वाचन भइरहेको हो । नेकपा एमालेले उनै सुवासका छोरा सुहाङलाई उमेदवार बनाएको छ । पछिल्लो मतपरिणामअनुसार सुहाङ पहिलो स्थानमा छन् । मतगणना जारी छ । 

दुई पालिकाको मतगणना हुँदा सुहाङ २ हजार ६१८ मतले अघि छन् । यसले वाम विरासत जोगाउने यात्रामा सुहाङ रहेको देखिएको छ । फाकफोकथुम एमाले ‘गड’ मानिने पालिका हो । यहाँ सुहाङले १ हजार १५६ मतले अग्रता कायम गरे । नेपाली कांग्रेस बलियो भएको चुलाचुली गाउँपालिकामा पनि सुहाङ मत तान्न सफल भएका छन् । सुहाङले चुलाचुलीबाट ४ हजार ७४ मत तानेका छन् । उनले पहिलो स्थानमा रहँदै मत तानेका हुन् । दुइ पालिकाबाट उनले ८ हजार ८९८ मत पाएका छन् ।

दोस्रो स्थानमा कांग्रेसका खड्का 
फाकफोकथुमको १ र २ नम्बर वडाको मतगणना हुँदा झिनो मतान्तरले अघि बढेका नेपाली कांग्रेस उमेदवार डम्बर खड्का दोस्रो स्थानमा छन् । कांग्रेसले नै अग्रता लिने आकलन गरिएको चुलाचुली गाउँपालिकाले तेस्रो स्थानमा मत दिएको छ । चुलाचुलीबाट उनलाईभन्दा बढी भोट पहिचान पक्षधरमा गएको छ । खड्काले यहाँ २ हजार ५८६ मतमात्र पाएका छन् । 

समग्रमा कांग्रेसले दुई पालिकाको मतगणना हुँदा ६ हजार २८० मत पाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय