विदेश
नयाँ दिल्ली । भारतमा लोकसभा चुनाव जारी रहेकै समयमा प्रमुख विपक्षी कंग्रेसलाई झड्का लागेको छ । पार्टीका दिल्ली प्रमुख अर्विन्दर सिंह लवलीले पार्टीको केन्द्रले हालै गरेको गठबन्धमा असहमति जनाउँदै पदबाट राजीनामा दिएका छन् ।
कंग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गेलाई उनले पठाएको राजीनामामा आम आदमी पार्टीका मन्त्री भ्रष्टाचारको आरोपमा जेलमा रहेकोमा पार्टीले उनैसँग गठबन्धन गर्नुले कार्यकर्ताले विरोध गरेको जनाएका छन् ।
उनले दिल्ली कंग्रेस उक्त पार्टीको विरोधमा रहेको जनाउँदै कंग्रेसविरुद्ध उसले झूठो आरोप लगाएको जनाएका छन् । बीबीसी
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१ ०८:२४
प्रतिक्रिया दिनुहोस्