site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा सदस्यको शपथ लिइन् डा. अन्जान शाक्यले

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  आइतबार सिंहदरबारमा आयोजित एक समारोहमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट पूर्वराजदुत समेत रहेकी शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । 

शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रियसभाको सदस्य पदमा मनोनीत गरेका थिए । शपथ लिएपछि सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले  राष्ट्रियसभाको गरिमा उचाइमा पुर्‍याउन पनि आफूले सक्दो पहल गर्ने बताइन् ।

Argakhachi Cement Island Ad

उनले भनिन्, “अब मेरो भूमिका भनेको मैले खास काम गर्ने भनेको देश र जनताको लागि हो । त्यसैले मेरो भूमिका इमान्दारिताका साथ बफादार रहेर देश र जनताको लागि मेरो आजदेखिको सम्पूर्ण काम समर्पित गर्न चाहन्छु । राष्ट्रियसभाको गरिमालाई उचाइमा पुर्‍याउनका लागि जे जस्ता काम पनि मैले बफदार भएर इमान्दारिताका साथ काम गर्नेछु ।”

एमाले विदेश विभाग सदस्य शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी समेत पाएकी थिइन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्