site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसमा ‘फेक न्युज’ लेखेको अभियोगमा नजरबन्द

मस्को । रुसको एक अदालतले ‘फेक न्युज’ लेखेको अभियोगमा फर्बीजका पत्रकार सर्गेई सेर्गेलाई घरमै नजरबन्दमा राख्न आदेश दिएको छ । उनीमाथि रुसी सेनाविरुद्ध फेक न्युज लेखेको अभियोग लगाइएको छ । 

रुसी सरकारी समाचार एजेन्सी आरआईले जनाएअनुसार, उनी करिब दुई महिनासम्म घरमै नजरबन्दमा रहनेछन् । उनका वकिलका अनुसार,  बुचा (युक्रेन)मा आयोजित एउटा कार्यक्रमको ‘रिपोस्ट’ गरिएको उनीमाथि आरोप छ ।

Dabur Nepal
NIC Asia

उनको टेलिग्राम च्यानलमा सो आर्टिकल छापिएका बेला ४७६ सब्सक्राइबर रहेका थिए । उनीमाथि जानीजानी गलत विषय फैलाएको अभियोग लगाइएको छ ।

बुचा सहर युक्रेनी सेनाले सन् २०२२ मार्चमा मुक्त गरिएको जनाएको थियो । रुसी सेनाले सो क्षेत्रमा सर्वसाधारणको हत्या गरेको आरोप युक्रेनी पक्षले लगाएको छ । क्रेमलिनले त्यसको खण्डन गर्दै आएको छ ।

ती पत्रकारको घरमा इन्टरनेट बन्द गरिनुका साथै आफन्त, अनुसन्धाता, वकिल र मेडिकल सहयोगीबाहेक अरूसँग सम्पर्क गर्न दिइएको छैन । सीएनएनबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro