site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सशस्त्र प्रहरीले गर्‍यो टौदहमा मनसुनजन्य विपद्को अभ्यास

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मनसुन सुरुआतसँगै हुनसक्ने विभिन्न विपद्का घटनाहरूको प्रतिकार्य अभ्यास गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर–९ पशुपतिनाथ बाहिनीले कीर्तिपुर नगरपालिका–६, टौदहमा उद्धार अभ्यास गरेको हो ।

मुनसुनमा घट्न सक्ने बाढी, पहिरो, डुबान एवं विपद्का घटनाहरूमा प्रतिकार्य अभ्यासले ठूलो मद्दत पुग्ने बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पुरुषोत्तम थापाले बताए ।

स्थानीय निकाय तथा सरोकारवाला निकायहरुबीचको सहकार्यमा विपद्का घटनामा सशस्त्र प्रहरी बलले प्रभावकारी काम गर्ने डीआईजी थापाको भनाइ छ । सशस्त्र प्रहरीले बलले विभिन्न विपद्जन्य घटनाहरू आगलागी, सडक दुर्घटना, जल उत्पन्न प्रकोप, भूकम्पजस्ता विपद्जन्य घटनाहरूमा खोज तथा उद्दार कार्य गर्दै आएको छ ।

आइतबार टौदहमा बाढी र पहिरो र डुवानमा परेकाको उद्धार गर्नेबारे अभ्यास गरेको हो । अभ्यास कार्यक्रममा  सशस्त्र प्रधान कार्यालय कार्य विभागका प्रमुख (एआईजी) सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको विशेष उपस्थिति थियो ।

दाहालले अभ्यास कार्यले वास्तविक उद्धारमा सशस्त्रको उद्धार टोलीलाई चुस्त काम गर्न सहज हुने बताए । अभ्यास कार्यमा मूख्यतः गोताखोर तालिम गरेका दक्ष जनशक्तिले गहिराईमा डुबेका पीडितहरूको उद्धार गर्ने कला प्रदर्शन गरेका थिए ।

सशस्त्र प्रहरी बलले भदौ, आश्विन र कात्तिकमा सडक दुर्घटना, महामारी, चट्याङसम्बन्धी, मंसिर, पुस र माघमा लु तथा डिहाईड्रेसन, शीतलहर तथा जाडोसम्बन्धी, फागुन र चैतमा आगलागी, हावाहुरी तथा आँधीबेरी तथा वैशाख, जेठ र असारमा जल उत्पन्न प्रकोप र बाढी पहिरोसम्बन्धी विपद् सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

पछिल्लो समय सशस्त्र नम्बर–९ पशुपतिनाथ बाहिनीले उपत्यकाका विभिन्न कलेज, स्कुल, होटल तथा स्थानीय निकायहरूसँग आवश्यक समन्वय गरी विपद्सम्बन्धी सचेतनामुलक कक्षाहरूसमेत सञ्चालन गरेको थियो ।

police-(2)-1714290035.jpg

police-(1)-1714290035.jpg

police-(3)-1714290035.jpg

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro