site stats
बाह्रखरी :: Baahrakhari
देश
परराष्ट्रमन्त्री राणा इटाली प्रस्थान, जर्मनी हुँदै १७ दिनपछि फर्किने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा इटाली प्रस्थान गरेकी छन् । इटालीको रोममा यही असार १४ देखि २० गतेसम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) सम्मेलनको ४४औँ सत्रमा सहभागी हुन शुक्रबार बिहान उनी त्यसतर्फ प्रस्थान गरकी हुन् ।

उक्त सम्मेलनको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उनले सम्बोधन गर्नेछिन् । 

परराष्ट्रमन्त्री राणाले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि भरतकुमार रेग्मी, परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी छन् ।
 
सम्मेलनपछि परराष्ट्रमन्त्री राणा इटालीको मिलानमा लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवर्द्धन सम्बन्धी कार्यक्रममा सहभागी हुनेछिन् ।
 
इटालीबाट उनी जर्मनी जाने कार्यक्रम छ । जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा उनी सहभागी हुेछिन् ।
 
परराष्ट्रमन्त्री राणाको असार २९ गते नेपाल फर्कने कार्यक्रम रहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्