site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नक्कली लाइसेन्स प्रकरण’मा मुछिएका पूर्वमहानिर्देशक अहिले कुन भूमिकामा छन् ?
SkywellSkywell

काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा मुछिएका यातायात व्यवस्था विभागका दशमध्ये दुई पूर्वमहानिर्देशक हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् ।

वि.स. २०७६ मंसिर ९ गतेदेखि ०७७ फागुन २० सम्म विभागको महानिर्देशकमा गोगनबहादुर हमाल थिए । उनका पालामा दश हजार ५३५ नक्कली लाइसेन्स जारी भएको तथ्य विभागकै एक अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

हमाल हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत छन् ।  उनलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०८० भदौमा अध्यागमन विभागको प्रमुख बनाएका थिए ।

KFC Island Ad
NIC Asia

त्यसैगरी लाइसेन्स प्रकरणमा मुछिएका डा. टोकराज पाण्डेय हाल त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख छन् ।  ०७९ भदौ २० देखि माघ २४ सम्म विभागका महानिर्देशक रहेका पाण्डेयको पालामा एक हजार ८४ नक्कली लाइसेन्स जारी भएको प्रतिवेदन विभागले तयार पारेको छ ।

महानिर्देशक हुनुअघि यातायात कार्यालयमै काम गरेका थिए । त्यसअतिरिक्त पर्यटन मन्त्रालयका प्रवक्ता थिए । सहकारी विभागका रजिष्ट्रार बनेका थिए । कलैया उपमहानगरपालिका प्रशासकीय अधिकृत भएका थिए ।

तीन जनाको अवकास

फर्जी लाइसेन्स वितरण प्रकरणमा मुछिएकामध्ये तीन पूर्वमहानिर्देशकले अवकाश प्राप्त गरिसकेका छन् ।  विभागको अध्ययन प्रतिवेदन अनुसार, सबैभन्दा बढी फर्जी लाइसेन्स रुपनारायण भट्टराई महानिर्देशक हुँदा वितरण भएका थिए ।

उनी ०७३ सालको फागुन २१ देखि ०७५ सालको जेठ ११ सम्म विभागको नेतृत्वमा थिए । उनको पालामा ३१ हजार ६६२ लाइसेन्स वितरण भएको थियो । भट्टराईले हाल अवकाश पाइसकेका छन् । ०७५ साउन १४ देखि फागुन २१ सम्म महानिर्देशक रहेका लावण्यकुमार ढकाल पनि अवकाश भइसकेका छन् । उनी विभागको नेतृत्वमा हुँदा सात हजार ३९४ नक्कली लाइसेन्स जारी भएका थिए ।

विद्युतीय सवारीचालक अनुमतिपत्र प्रणाली (ईडीएल) लागु भएको सुरुवाती चरणमा महानिर्देशक भएका चन्द्रमान श्रेष्ठको पालामा एक हजार ४५९ नक्कली लाइसेन्स वितरण भएका छन् ।

श्रेष्ठ ०७२ को भदौ ७ मा विभागको महानिर्देशक नियुक्त भएका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ०७५ सालमा उनीविरुद्ध एक करोड ३४ लाख ५ सय ३६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले २०७७ साउनमा अख्तियारको दाबी पुष्टि हुन नसकेको ठहरसहित सफाइ दिएको थियो ।

अरु को कहाँ ?

विभागका तत्कालीन महानिर्देशक नमराज घिमिरेको पालामा ८ हजार २०० फर्जी लाइसेन्स जारी भएका थिए । घिमिरे हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहसचिव छन् । कुमारप्रसाद दाहाल विभागको नेतृत्वमा रहँदा तीन हजार ५४९ नक्कली लाइसेन्स जारी भएका थिए । 

उनी हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको भूमि व्यवस्थापन महाशाखामा सहसचिव छन् । यसरी तुलसीनाथ गौतम विभागको महानिर्देशक रहँदा एक हजार १३६ नक्कली लाइसेन्स जारी भएका छन् । उनी हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सहसचिव छन् ।

हाल गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता रहेका नारायणप्रसाद भट्टराईको कार्यकालमा ६९७ नक्कली लाइसेन्स जारी भएको विभागले तयार पारेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

दुई महिनामात्रै विभागको महानिर्देशक भएका सुरेश राउतको पालामा ३५० नक्कली लाइसेन्स जारी भएका छन् । राउत हाल चीनको चेङ्दुस्थित नेपालको महावाणिज्य दूतावासमा महावाणिज्यदूत छन् ।

महानिर्देशक कति जिम्मेवार ?

विभागका हालका महानिर्देशक उद्धवप्रसाद रिजालको नेतृत्वमा फर्जी लाइसेन्स वितरण भएबारे अध्ययन भएको छ । विभागका निर्देशक मुकेश रेग्मी उक्त अध्ययन एवं छानबिन समितिका संयोजक थिए । देशभरकै ३५ वटा यातायात व्यवस्था कार्यालयहरूबाट नक्कली लाइसेन्स वितरण भएको प्रतिवेदनको निश्कर्ष छ ।  ती कार्यालय प्रमुखलाई लाइसेन्सको अनलाइन प्रणालीमा पहुँच मिल्ने आईडी उपलब्ध हुन्छ ।

नवीकरण नभएका, मृत्यु भएका व्यक्तिको लाइसेन्स नम्बरमात्रै राखी बाँकी विवरण नयाँ व्यक्तिको राखेर नयाँ व्यक्तिलाई नक्कली लाइसेन्स वितरण भएको हो । यस्तो अवैध काम महानिर्देशकबाटै नभएपनि उनीहरूले यस्तो गम्भीर विषयलाई नजरअन्दाज गरेको आरोप लागेको छ । 

विभागका एक अधिकारीले यति ठूलो विषयमा हालसम्मका दश महानिर्देशकले थाहा नपाए जस्तो गर्नुमा आशंका व्यक्त गरे ।

बाह्रखरीसँग विभागका ती अधिकारीले भने, “हजारौं नक्कली लाइसेन्स बाँड्ने करोडौंको घोटालाबारे हालका महानिर्देशक आएपछि मात्र थाहा हुने त भन्ने नहोला । पुरानाहरूले यो काम किन हुन दिए ? वा आफैँ संलग्न भए केही त पक्कै हुनुपर्छ ।”

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अख्तियारले समेत यस विषयमा छानबिन थालेको छ ।  यो प्रकरणमा तल्लो तहका कम्प्युटर अपरेटरदेखि महानिर्देशकसम्म क–कसको संलग्नता छ भन्ने कुरा छानबिन एवं अनुसन्धानबाटै थाहा हुनेछ । 

त्यसअतिरिक्त अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तिनको सम्पत्ति छानबिन गरेमा यथार्थ खुल्न सक्ने देखिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro