site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नक्कली लाइसेन्स प्रकरण : सीआईबीले थाल्यो अनुसन्धान
फाइल तस्बिर ।

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको अनुसन्धान थालेको छ । यातायात व्यवस्था विभागले पत्राचार गरेपछि सीआईबीले अनुसन्धान थालेको हो ।

सीआईबी स्रोतका अनुसार डीएसपीको नेतृत्वमा छुट्टै टिम बनाएर अनुसन्धान अघि बढाएको छ । सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले विभागबाट अनुसन्धानका लागि केही दिन अघिमात्रै पत्र आएको पुष्टि गरिन् । उनले भनिन्, “अनुसन्धानका लागि विभागबाट पत्र आएको छ । हामी हेर्दैछौँ ।”

Dabur Nepal
NIC Asia

यसअघि लाइसेन्स घोटला प्रकरणमा यातायात व्यवस्था विभाग आफैँले गरेको आन्तरिक छानबिनका क्रममा ६ किसिमका शंकास्पद लाइसेन्स फेला पारेको थियो ।

विभागकै कर्मचारीको मिलेमतोमा इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहीकल रजिस्ट्रेसन सिस्टम (ईडीएलभीआरएस)मा चलखेल र नक्कली लाइसेन्स बनाएको खुलेको हो ।

विभागको छानबिनका क्रममा एक लाख दुई हजार लाइसेन्स नक्कली रहेको भेटिएको छ । जसमध्ये करिब ७३ हजार ५०० वटा वितरण भइसकेको खुलेको थियो ।

छानबिनका लागि विभागले प्रविधि निर्देशक मुकेश रेग्मीको नेतृत्वमा शाखा अधिकृत अर्जुन अधिकारी, डाटा एडमिनिस्ट्रेटर सविन श्रेष्ठ तथा सीआईबीका डीएसपी तपनकुमार दाहाल र कम्प्युटर इन्जिनियर बोधराज बराल सदस्य रहेको समिति बनाएको थियो ।

सोही समितिले विभागका १० जना पूर्वमहानिर्देशकका पालामा उक्त घोटाला भएको देखाएको हो । नक्कली लाइसेन्स प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छुट्टै अनुसन्धान गरिरहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro