site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
शंकास्पद नक्कली लाइसेन्स : कहाँबाट कति बाँडिए ? (विवरणसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका विभिन्न यातायात व्यवस्था कार्यालयहरूबाट करिब ७३ हजार नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण भएको आशंका गरेको छ ।

विभागले गरेको अध्ययन प्रतिवेदनले पूराना ‘कागजी लाइसेन्स’ भनेर हजारौंको संख्यामा नक्कली लाइसेन्स बनेको उल्लेख गरेको छ ।

६ किसिमका शंकास्पद लाइसेन्स : जुनसुकै बेला प्रहरीले समात्न सक्छ !

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै लाइसेन्सको विवरण राख्ने पूरानो प्रणालीबाट नयाँमा सारिएको भनेरसमेत कयौं नक्कली लाइसेन्स बनेको निष्कर्ष छानबिन समितिले निकालेको छ । बाह्रखरीले सूचनाको हक प्रयोग गरी लिएका विवरणमा ६ प्रकारका लाइसेन्स नक्कली देखिएको प्रतिवेदनमा उल्लेख छ ।

कुन मितिमा कुन कार्यालयबाट यसरी यस्ता लाइसेन्स जारी भए भन्ने सो प्रतिवेदनमा उल्लेख छ । यसरी दुई किसिमले नक्कली लाइसेन्स वितरण भएको विभागले जनाएको छ ।

Global Ime bank

कागजी लाइसेन्स भनेर नयाँ बनेका करिब ५८ हजार

कागजी लाइसेन्स भनेर हाल सञ्चालित इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणालीमा ‘इन्ट्री’ भएका करिब ५८ हजार लाइसेन्समध्ये निकै धेरै नक्कली हुनसक्ने प्रतिवेदनको निष्कर्ष छ । यसरी ईडीएल प्रणालीमा सबैभन्दा धेरै लाइसेन्स यातायात व्यवस्था कार्यालय कास्की र लुम्बिनीबाट इन्ट्री भएर बायोमेट्रिक लिई वितरण भएको पाइएको छ ।

बाह्रखरीलाई प्राप्त प्रतिवेदनका अनुसार कास्कीबाट १५ हजार ५५७ वटा लाइसेन्स कागजी भनेर नयाँ वितरण भएका छन् । यस्तै लुम्बिनीबाट ११ हजार ४७७ लाइसेन्स वितरण भएका छन् । नेपालगञ्जबाट सात हजार ३८६, बाग्लुङबाट चारहजार ७९७ र ललितपुरको एकान्तकुनाबाट तीन हजार ७२५ लाइसेन्स वितरण भएको छ ।

यस्तै वीरगन्जबाट तीन हजार ६०८, इटहरीबाट  दुई हजार ९०९, जनकपुरबाट दुई हजार ३३६ र झापाबाट एक हजार ९७६ लाइसेन्स वितरण भएको छ ।  दाङबाट एक हजार ५०९, लहानबाट एक हजार ४७२, धनगढीबाट ९३२, दिपायलबाट ३१५ र जुम्लाबाट ३०९ लाइसेन्स वितरण भएको छ ।

भक्तपुरको राधेराधेबाट आठ, बर्दिबासबाट सात, काठमाडौंको चाबहिलबाट तीन, हेटौंडाबाट तीन लाइसेन्स वितरण भएको छ । अठारवटा लाइसेन्स बिक्री हुनसक्ने स्थितिमा पाइएको छ । कागजी लाइसेन्स भनेर वितरण भएका यी लाइसेन्स सम्बन्धित प्रदेश र त्यसमातहतका कार्यालयले ढड्डा हेरि भेरिफाइ गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ ।

विवरण नभेटिएका करिब १५ हजार नक्कली लाइसेन्स

यातायात व्यवस्था विभागले ढड्डामा रहेका लाइसेन्स डिजिटल अथवा कम्प्युटराइज्ड तरिकाले राख्न ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन प्रणाली (डीएलआरएस) ल्याएको थियो ।

सुरुवाती समयमा ढड्डामा राखिएका लाइसेन्सको विवरण डीएलआरएसमा राखिन थालेको थियो । डीएलआरएसमा राखिएको विवरण हालको ईडीएल प्रणालीमा राखेर स्मार्ट लाइसेन्स दिइन थालेको थियो । तर, डीएलआरएसबाट ईडीएलमा राखिएका करिब ३० हजार ८ सय लाइसेन्सको आईडी र एप्लिकान्ट आईडी डीएलआरएसमा फेला नपरेपछि धेरै लाइसेन्स नक्कली हुनसक्ने निष्कर्ष प्रतिवेदनले निकालेको छ ।

ईडीएल प्रणाली निर्माता कम्पनी मद्रास सेक्युरेटी प्रेसलेसमेत डीएलआरएसबाट सारिएको भए लाइसेन्स आईडी र एप्लिकान्ट आईडी उस्तै हुनुपर्ने बताएको छ ।  त्यसैकारण यसरी वितरण भएका करिब १५ हजार लाइसेन्स नक्कली ठानिएको छ । 

यसरी सबैभन्दा धेरै तीन हजार ५१८ लाइसेन्स वीरगन्जबाट वितरण भएको छ ।  लुम्बिनीबाट तीन हजार १८७, कोसीबाट एक हजार ९४८ र कास्कीबाट एक हजार ३२३ लाइसेन्स वितरण भएका छन् ।  यस्तै विर्तामोडबाट ९५५, जनकपुरबाट ९५५, लाहानबाट ७८३, राप्तीबाट ३५१ र ललितपुरबाट २९५ लाइसेन्स वितरण भएका छन् । 

यस्तै सेतीबाट २८०, भेरीबाट १९४, ठूलो भर्‍याङबाट २, महाकालीबाट ६९, जुम्लाबाट ४६ र जगातीबाट २ लाइसेन्स वितरण भएका छन् । हेटौंडाबाट ७, धौलागिरीबाट ५४, चाबहिलबाट ३९, बर्दिबासबाट २ र इलाम, गाइघाट, डोटीबाट एक एक वटा लाइसेन्स वितरण भएका छन् । 

बायोमेट्रिक लिएर वितरण भइसकेका यी लाइसेन्सहरू सम्बन्धित कार्यालयबाट भेरिफाइ गराउनुपर्ने निष्कर्ष प्रतिवेदनको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement