देश

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौली जंगलमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुईजना घाइते भएका छन् ।
घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय प्रवीन प्रजा र ग्यास बुलेट चालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादज रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयलयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरीत दिशावाट जाँदै गरेको बाप्र ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा कोक्किएका हुन् ।
सहचालक प्रजाको चितवन मेडिकल कलेज र यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२ १०:४५
प्रतिक्रिया दिनुहोस्