site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कुन महानिर्देशकले कति बाँडे लाइसेन्स, ८ लाख अझै नक्कली रहेको आशंका

काठमाडौं । एक लाख २ हजार फर्जी लाइसेन्स बनेको तथ्यांक सार्वजनिक गरेको यातायात व्यवस्था विभागले यो संख्या अझै बढी भएको दाबी गरेको छ ।

२०७२ सालको मंसिरदेखि विद्युतीय सवारीचालक अनुमतिपत्र (ईडीएल) प्रणाली सञ्चालनमा आएको थियो ।  त्यसयता वितरण भएका कैयौ लाइसेन्सको इन्ट्री शंकास्पद देखिएपछि विभागले गत मसिंर २१ गते छानबिन थालेको थियो ।

विभागका निर्देशक मुकेश रेग्मीको संयोजक रहेको छानबिन समितिले एक लाख २ हजार फर्जी लाइसेन्स बनेको प्रतिवेदन तयार पारेको थियो । यसमा करिब ७३ हजार फर्जी लाइसेन्स वितरण भइसकेका छन् । ७३ हजारमा मा ६६ हजार बढी दशजना महानिर्देशकको कार्यकालमा भएका छन् भने ७ हजार निमित्त महानिर्देशकका पालामा वितरण भएका छन् । थप करिब २९ हजार बाँड्न तयार अवस्थामा थिए ।

Dabur Nepal
NIC Asia

तर, फर्जी लाइसेन्स बाँडिएको वास्तविक तथ्यांक अझै डरलाग्दो हुनसक्ने एक उच्च अधिकारीले बताएका छन् ।

“अनेक किसिमको दबाबका कारण पूरै अध्ययन र छानबिन हुन सकेन । राम्रोसँग गहन छानबिन भएमा अझै ८ लाख नक्कली लाइसेन्स वितरण भएको तथ्यांक आउँछ,” छानबिन समिति स्रोतले भन्यो बाह्रखरीसँग भने ।

विभागको अनलाइन लाइसेन्स ईडीएल प्रणालीमा ५० लाख भन्दा बढी सेवाग्राहीको लाइसेन्सको विवरण छ ।  तीमध्ये मृत्यु भएका, विदेश गएका, लाइसेन्स नवीकरण गर्न नआएकाहरुको लाइसेन्स नम्बरमा बाँकी सबै विवरण नयाँ व्यक्तिको राखेर वितरण भएको हो ।

नक्कली लाइसेन्स प्रकरणमा मुछिए विभागका दश पूर्वमहानिर्देशक

गत भदौमा विभागको महानिर्देशकको कार्यभार उद्धवप्रसाद रिजालले सम्हालेका थिए ।  उनले कार्यभार सम्हालेको केही दिनमै अनलाइन प्रणालीमा फोटो नफेरिने र बायोमेट्रिक फेर्न नसकिने व्यवस्था गराएका थिए ।

त्यसपछि नक्कली लाइसेन्स वितरण हुन नसक्दा यो विषय ‘विस्फोट’ भएको उनको दाबी छ ।  ‘डाटाबेस’मा गएर विवरण फेरेर बनाएका नक्कली लाइसेन्ससँगै लिखित–ट्रायल दिएजस्तो गरी वितरण भएका लाइसेन्सको पनि अध्ययन गर्ने हो भने संख्या अझै धेरै हुने महानिर्देशक रिजालको भनाइ छ ।

दश महानिर्देशकका पालाको आँकडा गहिरोगरी हेर्ने हो भने अझै डरलाग्दो डाटा आउन सक्ने अनुमान छानबिन समितिले गरेको छ । यसअघि ०७२ यताका १० महानिर्देशकको पालामा भने ६६ हजार फर्जी लाइसेन्स वितरण भएको विभागको प्रतिवेदनले देखाएको छ ।

सबैभन्दा बढी नक्कली लाइसेन्स २०७३ को फागुन २१ देखि ०७५ को जेठ ११ सम्म कार्यकाल रहेका रुपनारायण भट्टराईको पालामा जारी भएको पाइएको छ । उनको पालामा ३१ हजार ६६२ लाइसेन्स जारी भएका छन् ।

दुई महिनामात्रै विभागका महानिर्देशक रहेका सुरेश राउतको पालामा ३५० नक्कली लाइसेन्स जारी भएको छ ।  तर विभागका अधिकारीले यो आँकडा निकै बढी रहेको दाबी गरेका छन् ।

“यो प्रतिवेदनले सबै विवरण बाहिर ल्याउन सकेको छैन । यी महानिर्देशकका पालामा वितरण भएका फर्जी लाइसेन्सको संख्या अझै बढी छ,” अध्ययन गर्न समय दिएमा आफूले नै बाहिर ल्याउन सक्ने दाबी गर्दै ती अधिकारीले भने ।

कसको पालामा कति बाँडिए नक्कली लाइसेन्स ?

सबैभन्दा बढी नक्कली लाइसेन्स २०७३ को फागुन २१ देखि ०७५ को जेठ ११ सम्म कार्यकाल रहेका भट्टराईको पालामा जारी भएको पाइएको छ ।  उनको पालामा ३१ हजार ६६२ लाइसेन्स जारी भएका छन् । 

त्यसपछि गोगनबहादुर हमालको पालामा १० हजार ५३५ र नमराज घिमिरेको पालामा ८ हजार २०० फर्जी लाइसेन्स जारी भएका छन् ।  लावण्यकुमार ढकालको कार्यकालमा सात हजार ३९४ र कुमारप्रसाद दाहालको कार्यकालमा तीन हजार ५४९ नक्कली लाइसेन्स जारी भएका छन्  । 

यस्तै चन्द्रमान श्रेष्ठको कार्यकालमा एक हजार ४५९ र तुलसीनाथ गौतमको कार्यकालमा एक हजार १३६ नक्कली लाइसेन्स जारी भएको छ ।  डा. टोकराज पाण्डेको पालामा एक हजार ८४ र नारायणप्रसाद भट्टराईको कार्यकालमा ६९७ नक्कली लाइसेन्स बनेका छन् । दुई महिनामात्रै विभागको महानिर्देशक रहेका सुरेश राउतको पालामा ३५० नक्कली लाइसेन्स जारी भएको छ ।

असहजतामा महानिर्देशक र निर्देशक

छानबिन गर्दै फर्जी लाइसेन्स वितरण भएको विषय बाहिरिएसँगै महानिर्देशक रिजाल र निर्देशक रेग्मीसँग असहजता बढेको छ । नक्कली लाइसेन्स प्रकरणमा संलग्न तल्लोदेखि माथिल्लो तहका व्यक्तिहरु महानिर्देशक रिजाल र निर्देशकसँग रुष्ट छन् ।

विभागभित्रै काम गर्न असहज बनाउने कामसमेत भइरहेको बताएको छ ।  उनीहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेरै महानिर्देशक, निर्देशक रेग्मीदेखि छानबिनमा संलग्नमाथि दबाब बढाउन खोजिरहेको स्रोतको दाबी छ ।

तर, विभागका महानिर्देशक रिजाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै नडराएर अघि बढ्न भनेका छन् ।  “ढुक्क भएर नडराएर काम गर्नुस्,” प्रधानमन्त्री दाहालले सोमबार मात्रै विभागका महानिर्देशक रिजाललाई भनेको उद्धृत गर्दै स्रोतले बतायो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro