site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अन्य पालिकाका असहाय बिरामीलाई काठमाडौं महानगरले निःशुल्क उपचार गर्ने 
फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरका जुनसुकै पालिकाका अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । यसका लागि बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर आउनुपर्ने महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले बताएका छन् । 

निःशुल्क उपचारका लागि काठमाडौं महानगरसँग ५२ अस्पतालका २७४ बेड रहेका प्रमुख शाहले जानकारी दिए ।यसका लागि ११८० मा फोन सम्पर्क वा काठमाडौं महानगरको स्वास्थ्य विभागमा सम्पर्क गर्न सकिने उनले बताए । 

निशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजात :

१. नेपाल सरकार/प्रदेश सरकार/स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारि गरेको कागजात/परिचय पत्र वा,

२. राष्ट्रिय परिचयपत्र/नेपाली नागरिकता प्रमाणपत्र/ जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो र,

३. रोग पहिचान भए सोको कागजपत्र र,

४. अनुसूची–५ को आधारमा सम्बन्धित स्थानीय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची– ४ अनुसारको सर्जमिन गरेको कागज र,

५. सम्बन्धीत स्थानीय तहको वडा कार्यलयले उपचारको लागि अनुसूची– ३ अनुसारको सिफारिस गरेको पत्र,

बेवारिसे बिरामीले निःशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजात :

१. आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिब, विपन्न तथा बेवारिसे बिरामीलाई प्रारम्भिक स्वास्थ्य उपचार निःशुल्क प्रदान गर्नुपर्नेछ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro