site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्जेन्टिनाको राजधानीमा रेल दुर्घटना, घाइते ६० जना अस्पतालमा
Tiktok banner adTiktok banner ad

ब्युनस आयर्स । ब्युनस आयर्समा शुक्रबार एउटा यात्रीवाहक रेल मर्मतसम्भार गर्ने रेलसँग ठोक्किँदा घाइते भएका करिब ६० जनालाई अर्जेन्टिनाको राजधानीको अस्पतालमा पठाइएको अधिकारीहरूले बताएका छन् । घाइतेमध्ये टाउकोमा चोट लागेका दुईजनाको अवस्था गम्भीर छ ।

दुर्घटना स्थानीय समयानुसार बिहान १०ः३० बजे पालेर्मोको उपनगरमा भएको थियो । सात डिब्बा भएको यात्रीवाहक रेल एक रेलवे पुलको ट्याकमा मर्मत गर्ने ट्रेनसँग ठोक्किएको थियो ।

रेलवे कम्पनीले एक विज्ञप्तिमार्फत लोकोमोटिभ र पहिलो यात्रीवाहक डिब्बा पटरी (लिक)बाट खसेको जानकारी गराएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro