site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा बन्धक बनाइएका व्यक्तिको भिडियो जारी

गाजा क्षेत्र । हमासको सशस्त्र शाखा एजेदिन अल–कसम ब्रिगेडले शनिबार हमास लडाकुद्वारा बन्धक बनाइएका एक व्यक्तिको भिडियो जारी गरेको छ । फुटेजमा उनी जीवित रहेको देखिएको छ ।

११ सेकेन्डको क्लिपमा ती व्यक्तिलाई बोलिरहेको देखाइएको छ । यसमा अरबी र हिब्रु भाषामा ‘समय समाप्त हुँदै छ, तपाईंको सरकारले झुटो बोलिरहेको छ’ लेखिएको छ ।

समूहको टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा बन्धकले दबाबमा बोल्दै गरेको देखाइएको छ । गाजामा बन्दी बनाइएकाको एक महिनाभन्दा कम समयमा जारी गरिएको यो तेस्रो फुटेज थियो ।

अप्रिल २७ मा समूहले जारी गरेको एउटा भिडियोमा दुई बन्धक किथ सिगल र ओमरी मिरानलाई जीवित देखाइएको थियो । यसको तीन दिनअघि समूहले प्रसारण गरेको अर्को भिडियोमा बन्धक हर्श गोल्डबर्ग–पोलिनलाई जीवित देखाइएको थियो ।

अक्टोबर ७ मा हमास लडाकु समूहले दक्षिणी इजरायलमा हमला गरेर गाजा क्षेत्रबाट करिब २५० मानिसलाई बन्धक बनाएको थियो । इजराइली अधिकारीहरूका अनुसार, तीमध्ये १२८ जनालाई अहिले पनि प्यालेस्टाइनी क्षेत्रमा बन्दी बनाइएको छ । ३६ जनाको मृत्यु भइसकेको छ ।

हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार १७० भन्दा बढी इजरायली र विदेशीको मृत्यु भएको आधिकारिक इजरायली आँकडामा उल्लेख छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, गाजामा इजरायलको जवाफी सैन्य कारबाहीमा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा ३४ हजार ९७१ जनाको मृत्यु भएको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro